‘ड्रागन बोट रेस’को उपाधि सिचुवानलाई, नेपाल दोस्रो
शनिबार, ०९ असार २०८०, १४ : ०८
पाेखरा। नेपाल–चीन मैत्रीपूर्ण ड्रागन बोट रेस चीनको सिचुवान ड्रागन बोट टोलीले हात पारेको छ । शुक्रबारदेखि जारी खेलमा २ सय र ५ सय मिटरकाे दुवै प्रतिस्पर्धामा सिचुवानले जीत हात पारेकाे हाे । याे सँगै सिचुवानले ५ लाख ५० हजारकाे दरले ११ लाख रुपैयाँको पुरस्कार राशि हात पारेकाे छ ।
प्रतियोगितमा नेपाली टिम नारा ड्रागन दाेस्राे भएकाे छ । दुवै विधामा दोस्रो स्थान बनेसँगै नाराले ३ लाख ५० हजार रुपैयाँका दरले ७ लाख रुपैयाँ हात पारेको हाे ।
चीनकै युनान ड्रागन बोट टिम तेस्रो भएको छ । युनानले २ लाखका दरले ४ लाख रुपैयाँ हात पारेको हाे । फेस्टिबलमा प्रयोग गरिएको ८ वटा डुंगा चीन सरकारले पोखरा महानगरपालिकालाई हस्तान्तरण गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कार्यव्यवस्था नभएपछि प्रमुख सचेतकहरूको बैठक आह्वान
-
भुक्तानी सेवामा भारतसँग तीन वर्षअघिको सम्झौता कार्यान्वयन, के के हुन्छ सहज ?
-
भारतीय अभिनेता राकेश बेदी काठमाडौँमा
-
विश्व खाद्य सुरक्षा दिवस : भोजमा ३० प्रतिशतभन्दा बढी खाना फालिन्छ
-
सदनको गतिरोध अन्त्यका लागि ५ दिनसम्म भएन पहल
-
किन बारम्बार पार्टनरको फोनमा जान्छ नजर ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण