तीन सेकेन्डमा ध्वस्त भए सडकमा रोकिराखेका कार, दुई जनाको मृत्यु
भारतको नगाल्याण्डमा एउटा ठुलो ढुङ्गा सडकमा रोकिराखेको कारमाथि खस्दा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । मंगलबार बेलुका घटित घटनाको भिडियो सोसल मिडियामा सेयर भइरहेका छन् ।
भिडियोमा देखिए अनुसार तीन सेकेन्ड भित्र एउटा ठुलो ढुङ्गा सुरुमा एउटा कारमाथि बज्रियो र त्यसपछि नजिकैको कारमा ठोक्कियो । ढुङ्गा यति तेज गतिमा खसेको थियो कि दुवै कार ध्वस्त भए । घटनाका बेला पानी परिरहेको थियो ।
समाचार एजेन्सी पिटिआईको खबर अनुसार घटना नगाल्याण्डको चुमोकेडिमा जिल्लाको हो । अधिकारीका अनुसार एक व्यक्तिको घटनास्थलमा नै निधन भएको छ भने अर्का एक जनाको उपचारको क्रममा मृत्यु भएको हो ।
#WATCH | A massive rock smashed a car leaving two people dead and three seriously injured in Dimapur's Chumoukedima, Nagaland, earlier today
— ANI (@ANI) July 4, 2023
(Viral video confirmed by police) pic.twitter.com/0rVUYZLZFN
तीनै जना घाइतेको अस्पतालमा उपचार चलिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धितो रोक्कासम्बन्धी विवादमा सर्वोच्चको व्याख्या : ‘हस्ताक्षर गरिसकेपछि प्रक्रियागत त्रुटि देखाएर दायित्वबाट उम्कन मिल्दैन’
-
एनसेलका ग्राहकहरूलाई अल्टिमा ग्याजेटहरूमा ६० प्रतिशतसम्म छुट
-
जीवनको २५ प्रतिशतभन्दा बढी समय खराब स्वास्थ्य अवस्थामै बिताउन बाध्य छन् महिला
-
दक्षिण कोरियाले पाउला दुई दशकपछि पहिलो महिला प्रधानमन्त्री ?
-
प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ
-
मोटोपनाः गहुँको रोटीले बढाउँछ कि सेतो चामलले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण