शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय
एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट

सोमपालको अर्धशतकपछि नेपालले पाकिस्तानलाई दियो एक सय ८० रनको लक्ष्य

शुक्रबार, २९ असार २०८०, १३ : ०९
शुक्रबार, २९ असार २०८०

काठमाडौँ । एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपालले बलियो पाकिस्तानलाई एक सय ८० रनको लक्ष्य दिएको छ । टस जिती पहिले ब्याटिङ गरेको नेपाली टोली ३७ ओभरमा एक सय ७९ रन बनाउँदै अलआउट भयो । 

नेपालका सोमपाल कामीले अर्धसतक बनाए । उनले ७५ रनको योगदान गरे । उनले एक सय एक बलको सामना गरी दुई छक्का र नौ चौका हिर्काएका थिए । उनी अन्तिम विकेटका रुपमा पेभेलियन फर्किएका थिए । 

प्रतिस जीसीले पनि २६ रन बनाए । माथिल्लो क्रममा कुनै पनि नेपाली ब्याट्सम्यान लामो समय क्रिजमा टिक्न सकेनन् । आसिफ शेख १२, अर्जुन साउद १७, कुशल मल्ल १७ र गुल्सन झा १३ रनमा आउट भए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप