सूर्य नजिक जानु अघि कस्तो छ तयारी ? इसरोले जारी गर्यो आदित्य एल–१ काे तस्बिर
चन्द्रमामा चन्द्रयान–३ को सफलतापूर्वक अवतरणपछि इसरो अब सूर्यमा आफ्नो यान पठाउने तयारीमा छ । आउँदा सेप्टेम्बर २ मा आदित्य एल–१ प्रक्षेपण गरिनेछ ।
आदित्य एल –१ सूर्यको अध्ययन गर्ने पहिलो अन्तरिक्ष आधारित भारतीय मिसन हुनेछ । अन्तरिक्षयानलाई पृथ्वीबाट करिब १५ लाख किलोमिटर टाढा रहेको सूर्य–पृथ्वी प्रणालीको लेन्ग्रेज बिन्दु १ (एल१) को चारैतिर एक प्रभामण्डल कक्षामा पठाइनेछ ।
अन्तरिक्षयानले फोटोस्फियर, क्रोमोस्फियर र सूर्यको सबैभन्दा बाहिरी तहको अध्ययन गर्ने सात पेलोडहरू लिएर जानेछ ।
अहिलेसम्म अमेरिकी अन्तरिक्ष एजेन्सी नासा, युरोपेली अन्तरिक्ष एजेन्सी र जर्मन एरोस्पेस सेन्टरले मात्र सूर्यको अध्ययनका लागि छुट्टाछुट्टै र संयुक्त अन्तरिक्ष मिसन पठाएका छन् ।
इसरोले बुधवार सोसल मिडियामा यो मिसनसँग सम्बन्धित तस्बिर साझा गरेको छ । इसरोले रिहर्सल भइसकेको र ह्विकलको अनुसन्धान पनि पुरा भएको बताएको छ ।
हेर्नुहोस् तस्बिर


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धितो रोक्कासम्बन्धी विवादमा सर्वोच्चको व्याख्या : ‘हस्ताक्षर गरिसकेपछि प्रक्रियागत त्रुटि देखाएर दायित्वबाट उम्कन मिल्दैन’
-
एनसेलका ग्राहकहरूलाई अल्टिमा ग्याजेटहरूमा ६० प्रतिशतसम्म छुट
-
जीवनको २५ प्रतिशतभन्दा बढी समय खराब स्वास्थ्य अवस्थामै बिताउन बाध्य छन् महिला
-
दक्षिण कोरियाले पाउला दुई दशकपछि पहिलो महिला प्रधानमन्त्री ?
-
प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ
-
मोटोपनाः गहुँको रोटीले बढाउँछ कि सेतो चामलले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण