महिला फुटबल टोलीलाई किट्स ब्याग प्रदान
बुधबार, १३ भदौ २०८०, १६ : ४०
काठमाडौँ । चीनको हाङ्गझाउ सहरमा आयोजना हुने १९ एशियाली खेलकुदमा प्रतिस्पर्धा गर्ने नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई किट्स ब्याग प्रदान गरिएको छ ।
नेपाली राष्ट्रिय महिला टोलीलाई कतार एनसीसीका अध्यक्ष रमेश भट्टले प्रदान गरेको किट्स ब्याग राष्ट्रिय खेलकुद परिषद्का सदस्य पेमा लामा र राखेप तालिम तथा प्रशिक्षण विभागकी उपनिर्देशक ओलम्पियन संगिना वैद्यले आज टिमलाई हस्तान्तरण गरे ।
कतारमा रहेका राष्ट्रिय तेक्वान्दो खेलाडी अर्जुन गोतामेको पहलमा एनसीसीका अध्यक्ष भट्टले नेपाली राष्ट्रिय महिला टोलीका सदस्य २२ खेलाडी, ३ प्रशिक्षक र १ फिजियोलाई उक्त किट्स ब्याग प्रदान गरेको ओलम्पियन वैद्यले जानकारी गराइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौँ : कविन्द्र बुर्लाकोटी
-
इरान भन्छ– अमेरिकाको विरोधाभासी अडान नै वार्ताको मुख्य समस्या
-
एमालेको पुनर्गठन किन र कसरी ?
-
धर्मपुत्री बन्न १२ वर्षकी बालिका बनेर परिवार झुक्याउने ३७ वर्षीया महिला पक्राउ
-
बिहानै कालो कफी पिउनु कति सुरक्षित ?
-
बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण