शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

सरकारले भ्रष्टाचार नियन्त्रण गर्छ भन्ने विश्वास हरायो : सांसद केसी

सोमबार, १८ भदौ २०८०, १४ : ४२
सोमबार, १८ भदौ २०८०

काठमाडौँ । सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेस सांसद एवं पूर्वमन्त्री अर्जुननरसिंह केसीले वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रण गर्छ भन्ने कुराको विश्वास नभएको बताएका छन् । 

सांसद केसीले एक वर्ष पनि काम गर्न नदिएर प्रहरी अधिकारीहरुलाई सरुवा गरेसँगै वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रणका लागि केही काम गर्छ भन्ने विश्वास हराएको तर्क गरेका हुन् । 

सोमबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै उनले भ्रष्टाचारको फायलहरु एकपछि अर्को खुलेपनि त्यो बीचमै तुहिने अवस्था आएको भन्दै त्यसतर्फ सरकारलाई सचेत गराए । सांसद केसीले मुलुकमा सामाजिक सदभाव बिलोलिने काम भइरहँदा पनि सरकार मुकदर्शक बनिरहेको भन्दै आक्रोश व्यक्त गरे ।

सांसद केसीले भ्रष्टाचार नियन्त्रणका लागि विगतमा बनेका आयोगहरुको सुझाव कार्यान्वयन नभएकाले अब बन्ने आयोगले पनि केही काम गर्ला भनेर अपेक्षा गर्न सकिने अवस्था नरहेको बताए ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप