नेकपा एकीकृत समाजवादी सुर्खेत कमिटी पुनर्गठित, अध्यक्षमा रास्कोटी
सुर्खेत । नेकपा एकीकृत समाजवादी सुर्खेतले जिल्ला कमिटी पुनर्गठित गरेको छ । जिल्ला अध्यक्ष मोहनसिंह बडुवाल एमाले प्रवेश गरेपछि कमिटी पुनर्गठित गरिएको हो । सोमबार पत्रकार सम्मेलन गर्दै एकीकृत समाजवादीले जिल्ला कमिटी पुनर्गठित भएको जानकारी दिएको छ ।
भदौ १३ गते बसेको सचिवालय बैठक र भदौ २३ गते बसेको जिल्ला कमिटी बैठकले जिल्ला कमिटीलाई पुनर्गठित गरेको हो । पुनर्गठित जिल्ला कमिटीको अध्यक्षमा टोपबहादुर रास्कोटी चयन भएको छन् । रास्कोटी यसअघि उपाध्यक्ष थिए ।
यस्तै जिल्ला कमिटीको उपाध्यक्षमा शिवप्रसाद उपाध्याय, खड्गबहादुर केसी, सचिवमा विरबहादुर रावत (भोटे), उपसचिवमा छविलाल सापकोटा र गोविन्दबहादुर शाहीलाई जिम्मेवारी तोकेको छ । एकसय ३ सदस्यीय जिल्ला कमिटीमा एकजना पदाधिकारी (उपसचिव/दलित महिला) पछि थप गर्ने निर्णय गरेको छ ।
अध्यक्ष रास्कोटीले केही नेता कार्यकर्ताहरुले पार्टी छोड्दैमा सिंगो पार्टी समायोजन भन्नु गलत र भ्रमबाजी भएको बताए ।
पत्रकार सम्मेलनमा नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य शिवप्रसाद उपाध्यायले नीति र सिद्धान्तबाट विचलित भएका केही व्यक्तिहरूले पार्टी छोड्दैमा पार्टी समायोजन भयो भनेर भ्रम फिँजाइएको बताए । उनले कुनै पनि कार्यकर्ताहरुलाई विचलित नभएर पार्टीको नियमित काम कारबाहीमा सक्रिय हुनुपर्ने बताए ।
पत्रकार सम्मेलनमा केन्द्रीय सदस्य कुलदिप भट्ट, केन्द्रीय परिषद् सदस्य एवं पार्टी प्रदेश प्रचार विभाग प्रमुख वशन्तकुमार विश्वकर्मा लगायतका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वविद्यालयका उपकुलपति छनोट प्रक्रिया जारी
-
प्राधिकरणमा नयाँ प्रयोगको थालनी, अब चालु लाइनमै मर्मत सम्भार कार्य हुने
-
आज ७५ औँ मदन भण्डारी जयन्ती
-
इन्द्रचोकदेखि विशाल बजारसम्मको सडकमा परम्परागत शैलीका आकर्षक सडकबत्ती जडान (तस्बिरहरू)
-
निको कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेटः एपिएफ र कोशी भिड्दै
-
अर्जेन्टिना शतप्रतिशत जितसहित समूह विजेता, अस्ट्रिया र अल्जेरिया पनि नकआउट चरणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण