भेरी नदीमा भेटिएको शव मेजर पण्डितको हुनसक्ने आशंका
मङ्गलबार, २६ भदौ २०८०, १७ : ३२
सुर्खेत । भेरी नदीमा भेटिएको शव मेजर विमल पण्डितको हुनसक्ने आशंका गरिएको छ ।
मंगलबार डोल्पाको त्रिपुरासुन्दरीस्थित भेरी नदीमा भेटिएको शव १० भदौमा बेपत्ता भएका डोल्पाको नन्द बक्स ब्यारेकका मेजर विमल पण्डितको हुन सक्ने आशंका गरिएको हो ।
भेरी नदी अन्तर्गत खदांग क्षेत्रमा मंगलबार शव पानीमा तैरिरहेको अवस्थामा स्थानीयले भेटाएका थिए । उनीहरुले प्रहरीलाई खबर गरेपछि सैनिक टोली त्यसतर्फ गएको बताइएको छ ।
उक्त शव मेजर पण्डितकै हुनसक्ने आशंका गरिएको डोल्पाका प्रमुख जिल्ला अधिकारी भूमेश्वर पोखरेलले रातोपाटीलाई जानकारी दिए । ‘आशंका हो, तर अहिले नै प्रस्ट भइसकिएको छैन,’ उनले भने ।
शवलाई जिल्ला अस्पताल डोल्पा ल्याउने तयारी भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फस्ट हाफमा जोर्डनविरुद्ध अर्जेन्टिना २–० ले अगाडि, अल्जेरिया–अस्ट्रिया बराबरीमा
-
पहिरोले मेची राजमार्गको राजदुवाली खण्ड अवरुद्ध
-
ट्राफिक कारबाहीमा पाँच लाख ११ हजार राजस्व सङ्कलन
-
नक आउट चरणमा पोर्चुगल र क्रोएसिया भिड्ने पक्का
-
प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ कार्यसूची
-
जोर्डनविरुद्ध अर्जेन्टिनाको दोस्रो गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण