आइतबार, १४ असार २०८३
ताजा लोकप्रिय
फिफा विश्वकप २०२६

जोर्डनविरुद्ध अर्जेन्टिनाले बनायो अग्रता

आइतबार, १४ असार २०८३, ०८ : ०६
आइतबार, १४ असार २०८३

सारांश

  • फिफा विश्वकप २०२६ अन्तर्गत समूह 'जे' मा जोर्डनविरुद्धको खेलमा अर्जेन्टिनाले १९औं मिनेटमा जियोभानी लो सेल्सोको गोलबाट १-० को अग्रता बनाएको छ।
  • अर्जेन्टिनाले खेलको सुरुदेखि नै बलमाथि नियन्त्रण राख्दै लगातार दबाब सिर्जना गरेको थियो।
  • प्रशिक्षक लियोनेल स्कालोनीले कप्तान लियोनेल मेस्सीलाई विश्राम दिए पनि अर्जेन्टिनाले आक्रामक लय कायम राखेको छ।

काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जे’ मा जोर्डनविरुद्ध जारी खेलमा साविक विजेता अर्जेन्टिनाले सुरुआती अग्रता बनाएको छ।

खेलको १९औँ मिनेटमा जियोभानी लो सेल्सोले गोल गर्दै अर्जेन्टिनालाई १–० को अग्रता दिलाएका हुन्। अर्जेन्टिनाले खेलको सुरुदेखि नै बलमाथि नियन्त्रण राख्दै लगातार दबाब सिर्जना गरेको थियो, जसको फलस्वरूप पहिलो गोल निकाल्न सफल भयो।

tag_reuters.com,2026_newsml_UP1EM6S06LOCO_549360649_768x432

प्रशिक्षक लियोनेल स्कालोनीले कप्तान लियोनेल मेस्सीलाई विश्राम दिँदै बेन्चमा राखे पनि अर्जेन्टिनाले आक्रामक लय कायम राखेको छ।

समूह ‘जे’ को अर्को खेलमा अल्जेरिया र अस्ट्रियाबीचको प्रतिस्पर्धा जारी छ। उक्त खेलको नतिजाले नकआउट चरणमा पुग्ने दोस्रो टोलीको टुंगो लगाउनेछ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप