शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

गोलभेँडाको थोक मूल्य प्रतिकिलो  ५५ रुपैयाँ, अन्य तरकारीको कति ?

आइतबार, ३१ भदौ २०८०, १० : ४६
आइतबार, ३१ भदौ २०८०

काठमाडौँ । कालिमाटी फलफुल तथा तरकारी बजार विकास समितिले आज ठूलो भारतीय गोलभेँडाको थोक मूल्य प्रतिकिलो ५५ रुपैयाँ कायम रहेको जनाएको छ । समितिले आजको बजारभाउ तय गर्दै थोक बजारमा भारतीय गोलभेँडा ५५ रुपैयाँ प्रतिकिलोमा कारोबार भइरहेको जनाएको हो ।

यसबाहेक, आज सानो गोलभेँडाको थोक मूल्य प्रतिकिलो ५५ रुपैयाँ छ भने टनेल सानो गोलभेँडाको मूल्य प्रतिकिलो ७५ रुपैयाँ छ । यस्तै, रातो आलु प्रतिकिलो ५७ रुपैयाँमा बिकिरहेको छ भने सुकेको प्याजको मूल्य प्रतिकिलो ६५ रुपैयाँ कायम छ । यता लोकल गाजरको थोक मूल्य किलोमा १२५ रुपैयाँ हुँदा बन्दा ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

सेतो मुलाको मूल्य प्रतिकिलो ९५ रुपैयाँ, लाम्चो भन्टा ४५ रुपैयाँ र बोडी ५५ रुपैयाँ छ । यसबाहेक घिउ सिमी प्रतिकिलो ६५ रुपैयाँ, टाटे सिमि ७५ रुपैयाँ र तिते करेलाको थोक मूल्य प्रतिकिलो ७५ रुपैयाँ छ । यसबाहेक, परवर ४५ रुपैयाँ, घिरौला ३५ रुपैयाँ, पाकेको फर्सिको मूल्य प्रतिकिलो ४७ रुपैयाँ रहेको जनाइएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप