एसिया कप फाइनल : श्रीलंकालाई नराम्रो झट्का, चार ओभरभित्रै पाँच विकेट गुमायो
आइतबार, ३१ भदौ २०८०, १६ : २३
काठमाडौँ । एसिया कपको क्रिकेटको फाइनलमा श्रीलंकालाई सुरुवातमै नराम्रो झट्का लागेको छ । टस जितेर पहिला ब्याटिङ गरेको श्रीलंकाले चार ओभरभित्रै आफ्ना महत्त्वपूर्ण पाँच विकेट गुमाएको हो ।
पहिलो ओभरमै भारतका लागि जसप्रित बुमराहले पहिलो विकेट लिएका थिए । श्रीलंकाले कुशल परेरालाई पहिलो विकेटका रुपमा गुमाएको हो ।
चौथो ओभरमा भारतका लागि मोहम्मद सिराजले घातक बलिङ गर्दै श्रीलंकाका अन्य चार ब्याट्सम्यानलाई आउट गरे ।
उनले पथुन निशंका, सदीरा समराविक्रमा, चरिथ अशलंका र धनन्जय डिसिल्भालाई आउट गरेर भारतलाई गतिलो सुरुवात दिलाएका हुन् ।
चार ओभरको समाप्तिमा श्रीलंकाले पाँच विकेटको क्षतिमा १२ रनमात्र बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभिन्न प्रदेशमा मेघगर्जनसहित वर्षा, सतर्कता अपनाउन मौसम विभागको आग्रह
-
पनौतीमा आजदेखि हिले–जात्रा (ज्याःपुन्ही)
-
गण्डकी प्रदेश महिला टी–२० क्रिकेट सुरु, स्याङ्जाको विजयी सुरुवात
-
सिरुटार र बालकोटलाई गरियो बालमैत्री स्थानीय शासनयुक्त घोषणा
-
१० बजे १० समाचार : ओलीले पठाए आयोगमा पत्र, रास्वपाको प्रस्तावविरुद्ध आन्दोलनको तयारी
-
अफगानिस्तान केन्द्रबिन्दु भएर ६.२ म्याग्निच्युडको भूकम्प, कश्मीरदेखि दिल्लीसम्म धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण