एसिया कप फाइनल : श्रीलंकालाई नराम्रो झट्का, चार ओभरभित्रै पाँच विकेट गुमायो
आइतबार, ३१ भदौ २०८०, १६ : २३

काठमाडौँ । एसिया कपको क्रिकेटको फाइनलमा श्रीलंकालाई सुरुवातमै नराम्रो झट्का लागेको छ । टस जितेर पहिला ब्याटिङ गरेको श्रीलंकाले चार ओभरभित्रै आफ्ना महत्त्वपूर्ण पाँच विकेट गुमाएको हो ।
पहिलो ओभरमै भारतका लागि जसप्रित बुमराहले पहिलो विकेट लिएका थिए । श्रीलंकाले कुशल परेरालाई पहिलो विकेटका रुपमा गुमाएको हो ।
चौथो ओभरमा भारतका लागि मोहम्मद सिराजले घातक बलिङ गर्दै श्रीलंकाका अन्य चार ब्याट्सम्यानलाई आउट गरे ।
उनले पथुन निशंका, सदीरा समराविक्रमा, चरिथ अशलंका र धनन्जय डिसिल्भालाई आउट गरेर भारतलाई गतिलो सुरुवात दिलाएका हुन् ।
चार ओभरको समाप्तिमा श्रीलंकाले पाँच विकेटको क्षतिमा १२ रनमात्र बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जग्गा प्राप्ति प्रक्रियामै अल्झियो उजिरसिंह प्रादेशिक रङ्गशाला
-
पन्ध्र पुस्तकालयलाई गण्डकी प्रदेश सरकारको अनुदान
-
अस्ट्रेलिया र मलेसियाका लागि नेपाली राजदूतलाई थप जिम्मेवारी
-
६ जना मृत अवस्थामा फेला
-
टोकियोको प्राथमिक विद्यालयमा आक्रमण, पाँच कर्मचारी घाइते
-
काठमाडौँसहित चार ठाउँमा दुर्घटना, चार जनाको मृत्यु