बालकको मृत्युपछि कर्णाली राजमार्ग अवरुद्ध
आइतबार, १४ असोज २०८०, १२ : ५४
सुर्खेत । वीरेन्द्रनगरमा दैलेखको आठबीस नगरपालिका–६ खिड्किज्युलाका पाँच वर्षका बालक दिग्दर्शन पुरिको मोटरसाइकलको ठक्करबाट मृत्यु भएको २९ घण्टा बित्दा पनि दुर्घटना गराउने व्यक्ति पक्राउ नगरेको भन्दै खिड्कीज्युलामा कर्णाली राजमार्ग बन्द गरिएको छ ।
स्थानीयवासीले दोषीलाई पक्राउ नगरेसम्म सडक नखुलाउने भन्दै आन्दोलन सुरु गरेका हुन ।
'यहाँ अहिले सयौँको सङ्ख्यामा गाडी रोकिएका छन ।' स्थानीय दिल बहादुर थापाले भने, 'दुवै तर्फका गाडी सञ्चालन पूर्ण रूपमा बन्द छ भने बजार पनि बन्द छ ।'


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल
-
समूह ‘एल’ को निर्णायक भिडन्त: नकआउट चरणका लागि क्रोएसियाको अन्तिम कसरत
-
भेनेजुएला भूकम्प: मृतकको सङ्ख्या १,४३० पुग्यो
-
आरोही फुञ्जो बनिन् पर्यटन सद्भावना दूत
-
१२ बजे १२ समाचार: मल खरिदमा चलखेल, चक्रपथ दोस्रो खण्ड विस्तारका लागि सुरु भएन टेन्डर प्रक्रिया
-
थारु जातिको भलमन्सा–बडघर परम्परालाई कानुनी मान्यता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण