कर्णाली एमाले अधिवेशन
सुर्खेतमा एमाले मतगणनास्थलमा तोडफोड
सोमबार, १५ असोज २०८०, १४ : ३५
काठमाडौँ । नेकपा एमाले कर्णाली प्रदेशको मतगणनास्थलमा तोडफोड भएको छ । सुर्खेतस्थित सिटी हलमा जारी मतगणनाका क्रममा अनेरास्ववियुका कार्यकर्ताले तोडफोड गरेका हुन् ।
एमाले कर्णाली अधिवेशनको निर्वाचन समितिमा रहेका सत्य शाहीलाई पार्टीले कारबाही गरेको भन्दै मतगणनास्थलमा प्रदेश नदिएपछि शाही पक्षधर तोडफोडमा उत्रेका हुन् । तोडफोडबाट सिटी हलका सिसा फुटेका छन् ।

एमाले निर्वाचन मण्डलका सदस्यहरुले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएपनि शाही प्रहरी नियन्त्रणबाट मुक्त भैसकेका छन् । एमाले कर्णाली प्रदेशको पहिलो अधिवेशन अन्तर्गत सोमबार मतगणना भइरहेको छ । घटनापछि मतगणनास्थलमा थप प्रहरी परिचालन गरिएको छ ।



खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल
-
समूह ‘एल’ को निर्णायक भिडन्त: नकआउट चरणका लागि क्रोएसियाको अन्तिम कसरत
-
भेनेजुएला भूकम्प: मृतकको सङ्ख्या १,४३० पुग्यो
-
आरोही फुञ्जो बनिन् पर्यटन सद्भावना दूत
-
१२ बजे १२ समाचार: मल खरिदमा चलखेल, चक्रपथ दोस्रो खण्ड विस्तारका लागि सुरु भएन टेन्डर प्रक्रिया
-
थारु जातिको भलमन्सा–बडघर परम्परालाई कानुनी मान्यता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण