प्रदेश अधिवेशन
एमाले कर्णाली अधिवेशन : अध्यक्षका उम्मेदवार शाह अग्रता बढाउँदै
सोमबार, १५ असोज २०८०, १८ : ०१
सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेश कमिटीको मतगणनामा अध्यक्षका उम्मेदवार गुलाबजङ्ग शाहले अग्रता बढाउँदै लगेका छन् । ३०० मत गणना गर्दा शाहले १८० मतसहित अग्रता बढाएका हुन् । अध्यक्षका अर्का उम्मेदवार मीनबहादुर शाहीले १०२ मत पाएका छन् ।
त्यस्तै उपाध्यक्षका उम्मेदवार टेकराज पछाइले अग्रता बढाइरहेका छन् । पछाइले १६८ मतसहित अग्रता लिइरहँदा उपाध्यक्षका अर्का उम्मेदवार लाल बहादुर महतराले ९६ मत पाएका छन् ।
त्यसैगरी सचिव पदका उम्मेदवार ध्रुव शाहीले २०७ मतसहित अग्रता लिइरहेका छन् भने सचिवका अर्का उम्मेदवार रुद्र शाहीले ७७ मत पाएका छन् । एमाले कर्णाली अधिवेशन अन्तर्गत आइतबार भएको मतदानको सोमबार मतगणना भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डीआर कङ्गोले रच्यो इतिहास, पहिलोपटक विश्वकपकाे नकआउट चरणमा
-
गोलरहित बराबरीसँगै कोलम्बिया र पोर्चुगल नकआउट चरणमा
-
डीआर कङ्गोका चर्चित फुटबल समर्थकलाई अमेरिकी भिसा अस्वीकृत
-
कङ्गोको पुनरागमन, उज्बेकिस्तानविरुद्ध २–१ को अग्रता
-
नेपालबाट भारततर्फ तस्करी हुँदै गरेको २ किलो अफिमसहित दुई नेपाली र एक भारतीय पक्राउ
-
अमेरिकाले गर्दैछ लगातार दोस्रो दिन पनि इरानमाथि बमबारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण