फिफा विश्वकप २०२६
डीआर कङ्गोले रच्यो इतिहास, पहिलोपटक विश्वकपकाे नकआउट चरणमा
आइतबार, १४ असार २०८३, ०७ : २२
सारांश
- समूह 'के' अन्तर्गत अन्तिम खेलमा उज्बेकिस्तानलाई ३-१ ले पराजित गर्दै डीआर कङ्गोले विश्वकप इतिहासकै पहिलो जित दर्ता गरेको छ।
- डीआर कङ्गोले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै टोलीका योआने विस्साले दुई गोल र फिस्टोन मायेलीले एक गोल थपे।
- यो जितसँगै डीआर कङ्गोले समूह चरण पार गर्दै पहिलोपटक अन्तिम ३२ मा स्थान बनाएको छ।
काठमाडौँ । फिफा विश्वकप २०२६ मा डीआर कङ्गोले इतिहास रचेको छ। समूह ‘के’ अन्तर्गत अन्तिम खेलमा उज्बेकिस्तानलाई ३–१ ले पराजित गर्दै डीआर कङ्गोले विश्वकप इतिहासकै पहिलो जित दर्ता गर्नुका साथै पहिलोपटक नकआउट चरणमा स्थान सुरक्षित गरेको हो।
सुरुआतमा पछि परेको डीआर कङ्गोले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्यो। टोलीका योआने विस्साले दुई गोल गरे भने फिस्टोन मायेलीले एक गोल थपे। इन्जुरी समयको पहिलो मिनेटमा विस्साले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको ऐतिहासिक जित सुनिश्चित गरेका थिए।
यो जितसँगै डीआर कङ्गोले समूह चरण पार गर्दै पहिलोपटक अन्तिम ३२ मा स्थान बनाएको छ। समूह चरणमा पोर्चुगलसँग १–१ को बराबरी खेलेको र कोलम्बियासँग १–० ले पराजित भएको डीआर कङ्गोले अन्तिम खेलमा निर्णायक जित निकाल्दै इतिहास रच्न सफल भयो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप समूह चरणको खेल सकियो, यी हुन् नकआउट चरणमा पुग्ने ३२ टोली
-
‘खादा–मालामै गण्डकी सरकारको ३५ करोड स्वाहा !’
-
विश्वविद्यालयका उपकुलपति छनोट प्रक्रिया जारी
-
प्राधिकरणमा नयाँ प्रयोगको थालनी, अब चालु लाइनमै मर्मत सम्भार कार्य हुने
-
आज ७५ औँ मदन भण्डारी जयन्ती
-
इन्द्रचोकदेखि विशाल बजारसम्मको सडकमा परम्परागत शैलीका आकर्षक सडकबत्ती जडान (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण