मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

मध्यरात, मुसलधारे वर्षा : पोखरामा धमाधम सडक पिच

शनिबार, २० असोज २०८०, २० : ३५
शनिबार, २० असोज २०८०

पोखरा । पोखरा महानगरपालिकामा मुसलधारे वर्षाका बिच मध्यरातमा सडक पिच गरिरहेको छ । शनिवार राती पोखरा वडा नम्बर ९ स्थित नयाँ बजारमा अस्फाल्ट पिच गरिएको हो । अहिले पोखरामा मुसलधारे वर्षा भइरहेको छ । सोही वर्षाका कारण सडकमा खोला बगेको छ । 

महानगरका प्रवक्ता मोती तिमिल्सिनाले उक्त काम सडक विभाग अन्तर्गत भइरहेको बताए । ‘लगानी पूरै सडक विभागकै हो । तर महानगरको क्षेत्रभित्र काम भएकोले हाम्रो पनि चासो हुनुपर्ने हो,’ उनले भने, ‘के भएको रहेछ म बुझौँला । पानीमा पिच गर्न त मिल्दैन, रोक्छु ।’ 

महेन्द्रपुलदेखि पृथ्वी चोकसम्मको सडकमा अस्फाल्ट पिच गर्न लागिएको हो । तर पिचमा गुणस्तर नभएको भन्दै यसअघि नै सामाजिक सञ्जालमार्फत अख्तियार र सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको छ । सडक डिभिजन कार्यालयमा यसबारे बुझ्न खोज्दा सम्पर्क भएन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप