आफन्तको जिम्मामा घर छाडेर सुनौलो सपना बोकी इजरायल पुगेका थिए आशिष
धनगढी । कैलालीको जोशीपुर गाउँपालिका–५ मैनपोखरीका २५ वर्षीय आशिष चौधरी गत भदौ २६ गते इजरायलका लागि उडेका थिए ।
सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको कृषि विज्ञान संकायबाट बीएससी एग्रीकल्चरको अध्ययन सकेर उनी इजरायल गएका थिए ।
तर शनिबार इजरायलमा विद्रोही समूह हमासले गरेको आक्रमणमा उनको ज्यान गएको छ । गाउँको जुझारु युवाको ज्यान गएपछि उनको गाउँ नै यतिबेला शोकमा छ ।
अर्कोतिर, उनका बुवा बेजुलाल चौधरी र आमा मञ्जु देवी डंगौरा आशिषभन्दा अगाडि गत असारमै घरको जर्जर अवस्थालाई टार्न कामको सिलसिलामा भारतको बेंग्लोर गएका थिए ।
बेजुलाल र मञ्जुका दुई सन्तानमध्ये छोरीको बिहे भइसकेको छ भने आशिष घरमा एक्लै थिए । घरलाई आफन्त र छिमेकीकै जिम्मा लगाएर सुनौलो भविष्यको सपना बुन्दै आशिष इजरायल हानिएका थिए ।
तर इजरायलमा विद्रोही समूहको आक्रमणमा परेर उनको निधन भएको छ । कृषिमा नवीनतम भविष्य देखेका आशिषको निधनले ठुलो क्षति भएको उनको सहपाठी अभिमन्यू चौधरी बताउँछन् ।
उनको शवको पखाईमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कुरिरहेका अभिमन्यु भन्छन्, ‘मैलै यही ठाउँसम्म आएर साथी (आशिष)लाई इजरायल जाँदा बिदाइ गरेको थिएँ । कस्तो दुर्भाग्य ! आज यही ठाउँमा त्यही साथीको शव कुरिरहेको छु ।’
शोकमा डुबेका आशिषका आफन्त र छिमेकी तथा गाउँलेहरु हाल आशिषको शव र बेंग्लोरबाट फर्किरहेका आशिषका बुबाआमालाई कुरिरहेका छन् ।
बेंग्लोरबाट हिँडिसकेका उनको बुबाआमा मंगलबारसम्म गाउँमा आइपुग्ने बताइएको छ ।
आशिषका नाना (आमाको बुबा) कन्हैलाल डंगौरालगायत आफन्तजन आशिषबारे अत्यारिलो खबर सुने यता विक्षिप्त बनेका छन् ।
यसैबिच सोमबार कैलालीका प्रमुख जिल्ला अधिकारी युवराज कटेल, कैलालीस्थित सुरक्षा निकायका प्रमुख, वडाध्यक्ष समेत रहेका गाउँकै अनर कुमार चौधरी आशिषका आफन्तजनलाई समवेदना दिन घर पुगेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
-
कर्णालीका मुख्यमन्त्री भन्छन्—विगतजस्तै बालेन सरकारले पनि बजेटमा कर्णालीलाई उपेक्षा गर्यो
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण