इजरायल र हमासलाई शान्तिपूर्ण वार्तामा आउन राष्ट्रसंघको आग्रह
एजेन्सी । संयुक्त राष्ट्रसंघले इजरायल र हमासलाई शान्तिपूर्ण वार्तामा आउन आग्रह गरेको छ । बढ्दो तनाव कम गर्न अन्तर्राष्ट्रिय समुदायले भूमिका खेल्न पनि आग्रह गरेको हो ।
राष्ट्रसंघको मुख्यालयमा एक भिडियो संदेशमा बोल्दै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले द्वन्द्वलाई कम गर्दै समाधानको उपाय खोज्न अपील गरेका छन् ।
यता अरब लिगका विदेशमन्त्रीहरुको बैठकले पनि शान्ति बहाली गर्दै वार्तामा आउन आग्रह गरेका छन् । इजरायल र प्यालेस्टाइनबीच अवरुद्ध वार्ता तत्काल शुरु गर्न आग्रह गरेका छन् ।
यस्तै मोरक्कोका विदेश मन्त्रि नासर बोरिटाले द्वन्द्वरत दुवै पक्षले आफ्नो प्रवचन छोडेर वार्तामा आउन आग्रह गरे । हिंसाले हिंसा मात्र निम्त्याउने भएकोले अतिवाद त्याग्न आग्रह गरे ।
जोर्डनका राजा अब्दुल्लाह द्वितीयले पनि गाजा पट्टीमा बढ्दो तनाव अन्त्य गर्न अन्तर्राष्ट्रिय समुदायको आवश्यकता रहेको बताउनुभएको छ। हमास र इजरायलले एक अर्काको क्षेत्रमा आक्रमण गर्दा दुवै पक्षका २ हजारभन्दा बढीको
मृत्यु भइसकेको छ । हमासको आक्रमणपछि इजरायलले देश युद्धमा होमिएको घोषणा गरेको छ भने इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आफ्नो विपक्षी दल सम्मिलित अन्तरिम मन्त्रिपरिषद्को गठन गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दूधमा आत्मनिर्भर बन्दै बागलुङ
-
हामीले गलत गर्दा खबरदारी गर्नुहोला : सोम शर्मा
-
लुम्बिनी प्रादेशिक अस्पतालमा ‘ट्र्याज प्रणाली’ लागू
-
भोलिदेखि त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बीमा अन्तर्गतको ओपीडी सेवा सुरु हुने
-
विश्वकप समूह चरणको खेल सकियो, यी हुन् नकआउट चरणमा पुग्ने ३२ टोली
-
‘खादा–मालामै गण्डकी सरकारको ३५ करोड स्वाहा !’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण