शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

नेपालमा लगानीका लागि अर्जेन्टिनालाई चेम्बरको आग्रह

मङ्गलबार, ३० असोज २०८०, १५ : ४३
मङ्गलबार, ३० असोज २०८०

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सले नेपालमा लगानीका लागि अर्जेन्टिनलाई आग्रह गरेको छ । नेपालका लागि अर्जेन्टिनाका राजदूत ह्युगो  जाभियर गोवीसंग चेम्बर भवनमा आज भएको भेटबार्तामा चेम्बर अध्यक्ष राजेन्द्र मल्लले लगानीका लागि आग्रह गरेको हो ।

नेपालको पर्यटन, सूचना प्रविधि लगायतका क्षेत्रमा प्रतिफलको उच्च सम्भावना भएको अध्यक्ष मल्लले बताए । मल्लले भने, ‘अर्जेन्टिना भौगोलिक दृष्टिकोणले टाढा भएपनि व्यापारिक क्षेत्रमा थुप्रै सहकार्य गर्न सकिन्छ । नेपालको पर्यटन क्षेत्र पृथक खालको छ  । सूचना प्रविधिमा पनि अधिक सम्भावना छ । दुई देशका निजी क्षेत्रबीच सहकार्य मार्फत लगानीका लागि आग्रह गर्दछु, ।’

नेपालमा अवैतनिक दूतको नियुक्ति गरेर व्यापारिक सहकार्य गर्न समेत अध्यक्ष मल्लले राजदूत गोवीसँग आग्रह गरे । नेपाल अर्जेन्टिनाबीचको कूटनीतिक सम्बन्ध ६० वर्ष पुरा भएको सन्दर्भमा अध्यक्ष मल्लले व्यापारिक सम्बन्धलाई थप विस्तार गर्नुपर्नेमा जोड दिए ।

अध्यक्ष मल्लले अर्जेन्टिनाको निजी क्षेत्र  र नेपाल चेम्बर अफ कमर्सबीच सहकार्य गर्न सकिए आर्थिक गतिविधि विस्तार हुने बताए । नेपालले अर्जेन्टिनाबाट गतवर्ष करिब २५ अर्ब रुपैयाँको बस्तु आयात गरेको थियो । 

जवाफमा राजदूत गोवीले नेपालमा आर्थिक गतिविधि विस्तार गर्नका लागि आफूले पहल गर्ने बताए । हिमालय पर्वतको देश नेपाल भौगोलिक र प्राकृतिक दृष्टिकोणले समेत उच्च रहेको राजदूत गोवीको भनाई छ । दुई मुलुकबीचको सम्बन्धलाई जनस्तरबाटै विकास गर्नुपर्नेमा राजदूत गोवीले जोड समेत दिए । उनले भने, ‘नेपालसंगको सम्बन्धलाई जनस्तरबाटै विकास गर्न आवश्यक छ यसका लागि पनि म पहल गर्छु, ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप