भारत सरकारको सहयोगमा निर्मित विद्यालय भवन र पुस्तकालय हस्तान्तरण
काठमाडौँ । भारत सरकारको आर्थिक सहयोगमा हुम्ला जिल्लाको दुर्गम क्षेत्रमा निर्मित दुईवटा परियोजनाको बुधबार उद्घाटन गरिएको छ । भारतीय राजदूत नवीन श्रीवास्तव र स्थानीय सरकारका प्रतिनिधिले ती परियोजनाको संयुक्त रूपमा उद्घाटन गरेका हुन् ।
भारतीय राजदूतावासका प्रथम सचिव डा. साहिल कुमारका अनुसार नेपाल-भारत विकास सहकार्य’ कार्यक्रम अन्तर्गत भारत सरकारको सर्केगाड गाउँपालिकास्थित श्री सरस्वती माध्यमिक विद्यालयका लागि निर्मित विद्यालय भवन र चंखेली गाउँपालिकास्थित श्री महादेव माध्यमिक विद्यालयका लागि ल्याब र पुस्तकालय भवनको निर्माण गरिएको हो । दुवै परियोजना ५ करोड ५२ लाख नेपाली रुपैयाँ अनुदान सहयोगमा निर्माण भएका हुन् ।
विभिन्न राजनीतिक दलका प्रतिनिधि, समाजसेवी, नेपाल सरकारका पदाधिकारीलगायत स्थानीय समुदायको उपस्थितिमा एक कार्यक्रम राजदूत श्रीवास्तवले औपचारिक रूपमा हस्तान्तरण गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
थारु जातिको भलमन्सा–बडघर परम्परालाई कानुनी मान्यता
-
स्थानीय उत्पादनको बजारीकरणले मात्रै ग्रामीण अर्थतन्त्र बलियो बन्छ: मुख्यमन्त्री आचार्य
-
शक्तिखोर–फिस्लिङ सडक पुनः सञ्चालन
-
विभिन्न प्रदेशमा मेघगर्जनसहित वर्षा, सतर्कता अपनाउन मौसम विभागको आग्रह
-
पनौतीमा आजदेखि हिले–जात्रा (ज्याःपुन्ही)
-
गण्डकी प्रदेश महिला टी–२० क्रिकेट सुरु, स्याङ्जाको विजयी सुरुवात
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण