‘ब्रा’मा लगाउन मिल्ने यो सानो डिभाइसले पत्ता लगाउन सक्छ स्तन क्यान्सर
कल्पना गर्नुहोस् त ? तपाईंको ‘ब्रा’माथि अल्ट्रासाउन्डयुक्त एउटा यस्तो उपकरण अड्काइएको छ, जसले बसेर चिया पिइरहेको वा घरमा कुनै काम गरिरहेको समयमा पनि स्तनमा ट्युमर पत्ता लगाउन सक्छ ।
टर्कीकी वैज्ञानिक जानान दादेविरेनले म्यासाचुसेट्स इन्ष्टिच्यूट अफ टेक्नोलोजी (एमआईटी)को मिडिया ल्याबमा आफ्नो टिमसँग मिलेर यस्तै प्रविधि विकास गरेकी छिन् । यो उपकरण उनले स्तन क्यान्सरबाट मृत्यु भएकी आफ्नी काकीको सम्झनामा बनाएकी हुन् । स्तन क्यान्सर हुने खतरा उच्च भएका महिलाहरूलाई डाक्टरहरूले नियमित रूपमा मेमोग्राम गर्ने सल्लाह दिन्छन् ।
ती महिलाहरुको लागि यो उपकरण उपयोगी हुन सक्छ । यस्ता महिलाहरूले दुई वटा मेमोग्राम बीचको समयमा पनि यो उपकरणको साहाराले स्तन क्यान्सरलाई मनिटर गर्न सक्छन् । यो उपकरण लगाउन अल्ट्रासाउन्ड जेल पनि चाहिँदैन । यसले शून्य दशमलव ३ सेमी आकारको सानो गाँठो पनि पत्ता लगाउन सक्छ । उपकरण स्तन क्यान्सरको जोखिम उच्च भएका महिलाहरूलाई उपयोगी हुन सक्ने बताइएको छ ।
यसले मेमाग्राम वा सेल्फ एक्जामिनेशनको बीचमा पनि स्तनमा उत्पन्न हुन सक्ने गाँठागुठी पत्ता लगाउन मद्दत गर्छ । उपकरणले स्तनमा केही असमान्यता देखाएको छ भने चाहिँ मेमोग्राफ गराउनु पर्ने सोधकर्ताहरू बताउँछन् । हाल यो उपकरणको मूल्य हजार डलर अर्थात् आजको विनिमय दरअनुसार १ लाख ३३ हजार रहेको छ । यो उपकरणको मास प्रडक्शन सुरु भएपछि भने मूल्य घट्नेछ । यसका लागि कम्तीमा पनि चार पाँच वर्ष लाग्न सक्छ बताइएको छ ।
विश्वभर सबैभन्दा धेरैमा भेटिने क्यान्सर हो स्तन क्यान्सर । सन् २०२० मा विश्वभर २३ लाख महिलामा स्तन क्यान्सरको पुस्टी भएको थियो । उक्त वर्ष यही क्यान्सरका कारण ६ लाख ८५ हजार जनाको मृत्यु भयो । महिलाहरूमा मृत्युको दोस्रो ठुलो कारण पनि स्तन क्यान्सर नै हो । यो उपकरणले शुरुआती चरणमै स्तन क्यान्सर पत्ता लगाएर समयमै उपचारमा सघाउने अनि बिरामीहरूको जीवित रहने दर बढाउन मद्दत मिल्ने आशा पलाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायलद्वारा वेस्ट ब्याङ्क क्षेत्रबाट १६ जना प्यालेस्टिनी पक्राउ
-
‘झुट बोल्ने प्रधानमन्त्री चाहिँदैन’ भन्दै माइतीघरमा विरोध प्रदर्शन
-
अर्जेन्टिनामा लैङ्गिक हिंसाविरुद्ध विशाल प्रदर्शन, किशोरीको बलात्कार र हत्यापछि देशभर उर्लियो जनआक्रोश
-
महोत्तरीका १६ कामदार भारतमा बन्धक
-
खिम्ती जलविद्युत् केन्द्रको स्वामित्व हस्तान्तरणका लागि प्राधिकरणद्वारा वार्ता समिति पुनर्गठन
-
विधि विज्ञान प्रयोगशाला विधेयकबारे आगामी बैठकमा विज्ञहरूसँग छलफल गर्ने संसदीय समितिको निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण