युएई र युक्रेनी राष्ट्रपतिबीच छलफल
शनिबार, ११ कात्तिक २०८०, १६ : ०९
अबुधाबी । युएईका राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाह्यानले शुक्रबार युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँग टेलिफोन वार्ता गरेका छन् । सो वार्तामा दुवै राष्ट्र र त्यहाँका जनताको हितका लागि द्विपक्षीय सहयोग वृद्धि गर्ने तरिकाहरूबारे छलफल भएको बताइएको छ ।
सो अवसरमा युएईका राष्ट्रपति र युक्रेनी राष्ट्रपतिले युक्रेनको पछिल्लो घटनाक्रम र द्वन्द्वका असर, विशेष गरी मानवीय र आर्थिक प्रभावका बारेमा गम्भीर पनि छलफल गर्नुभएको स्रोतले जनाएको छ । दुई नेताले आपसी हितका विभिन्न विषयमा विचार आदानप्रदान गर्नुका साथै क्षेत्रीय तथा विश्वव्यापी प्रगति र समृद्धिको रक्षाका लागि शान्ति, स्थायित्व र सुरक्षा प्रवर्द्धनमा जोड दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
झाडी फाँडेर फलफूल बगैँचा
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
-
शुक्रबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण