गाजा शरणार्थी शिविरमा भएको आक्रमणको संयुक्त राष्ट्रसंघद्वारा निन्दा
अमेरिका । संयुक्त राष्ट्रसङ्घले गाजाको सबैभन्दा ठूलो शरणार्थी शिविरमा हमासका एक कमाण्डरलाई लक्षित गरी गरिएको आक्रमणमा दर्जनौँ सर्वसाधारण व्यक्तिको मृत्यु भएको भन्दै बुधबार त्यसको भर्त्सना गरेको छ ।
संयुक्त राष्ट्रसङ्घका मानवीय सहायता प्रमुख मार्टिन ग्रिफिथ्सले एक वक्तव्य जारी गर्दै भनेका छन्, “गाजाका जनतामाथि परेको यो पछिल्लो ज्यादती हो, जहाँ युद्ध अझ डरलाग्दो चरणमा प्रवेश गरेको छ ।”
यसैबीच, जोर्डनबाट प्राप्त समाचार अनुसार अक्टोबर ७ मा भएको आक्रमणको विरोधमा इजरायलले गाजाका हमास शासकविरुद्ध लिएको कदमको विरोधमा जोर्डनले आफ्नो राजदूतलाई ‘तत्काल’ फिर्ता बोलाउने बताएको छ ।
’जोर्डनका विदेशमन्त्री अयमान सफादीले इजरायलका लागि जोर्डनका राजदूतलाई तत्काल फिर्ता बोलाउने निर्णय गर्नुभएको छ,” विदेश मन्त्रालयले भनेको छ, “गाजामा निर्दोष मानिसको ज्यान लिने इजरायली युद्धको निन्दा गर्न यो कदम चालिएको हो ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दूधमा आत्मनिर्भर बन्दै बागलुङ
-
हामीले गलत गर्दा खबरदारी गर्नुहोला : सोम शर्मा
-
लुम्बिनी प्रादेशिक अस्पतालमा ‘ट्र्याज प्रणाली’ लागू
-
भोलिदेखि त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बीमा अन्तर्गतको ओपीडी सेवा सुरु हुने
-
विश्वकप समूह चरणको खेल सकियो, यी हुन् नकआउट चरणमा पुग्ने ३२ टोली
-
‘खादा–मालामै गण्डकी सरकारको ३५ करोड स्वाहा !’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण