बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

खुला र सुरक्षित इन्डो–प्यासिफिक भविष्यका लागि अमेरिका र भारतबीच छलफल

शनिबार, २५ कात्तिक २०८०, १५ : ००
शनिबार, २५ कात्तिक २०८०

वासिङ्टन । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भारत–अमेरिका सम्बन्ध र खुला र सुरक्षित हिन्द–प्रशान्त क्षेत्रलाई प्रबद्र्धन गर्ने प्रयासबारे छलफल भएको छ ।   ब्लिन्केनले उज्ज्वल भविष्यका लागि प्रविधि, स्वच्छ ऊर्जा र अन्तरिक्षसम्बन्धी नयाँ आविस्कारलाई निरन्तरता दिन आफूहरु तत्पर रहेको पनि दोहोरयाए । 

अमेरिकी विदेशमन्त्री ब्लिन्केनले भने, “नयाँ दिल्लीमा मैले भारतीय प्रधानमन्त्रीसँग अमेरिका र भारत कसरी खुला र सुरक्षित हिन्द–प्रशान्त क्षेत्रको प्रवद्र्धनका लागि काम गर्ने भन्ने बिषयमा छलफल गरेको छु । म उज्ज्वल भविष्यका लागि प्रविधि, स्वच्छ ऊर्जा र अन्तरिक्षमा हाम्रो नवीनतालाई निरन्तरता दिन तत्पर छु ।” 

ब्लिन्केन र अमेरिकी रक्षामन्त्री लोयड अस्टिन नयाँ दिल्लीमा भएको टु प्लस टु मन्त्रीस्तरीय वार्ताका लागि भारत आएका छन् । शुक्रबार अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनसँगको भेटपछि प्रधानमन्त्री मोदीले ‘२ं२’ ढाँचा भारत–अमेरिका व्यापक वैश्विक रणनीतिक साझेदारीलाई थप मजबुत बनाउन महत्वपूर्ण सहयोगी भएको बताए । 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत–अमेरिका साझेदारीलाई ‘विश्वव्यापी भलाइ’का लागि ‘शक्ति’ को संज्ञा दिँदै नयाँ दिल्ली र वासिङ्टनबीचको पारस्परिक लाभकारी सहयोग लोकतन्त्र, बहुलवाद र विधिको शासनमा उनीहरूको साझा विश्वासमा आधारित रहेको बताएका छन् । 

ब्लिन्केन र प्रधानमन्त्री मोदीले हिन्द–प्रशान्त क्षेत्रमा र विश्वव्यापी महत्वका विषयमा घनिष्ठ साझेदारीका लागि भारत र अमेरिकाको साझा दृष्टिकोणलाई दोहोर्याएको अमेरिकी विदेश मन्त्रालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

“भारत र संयुक्तराज्य अमेरिकाले जापान र अष्ट्रेलियासँग क्वाड (चतुर्भुज सुरक्षा संवाद) मार्फत साझेदारीलाई बलियो बनाएर स्वतन्त्र, खुला र सुरक्षित हिन्द–प्रशान्तलाई बढावा दिइरहेका छन्,” अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले नयाँ दिल्लीमा आयोजित पाँचौं २ं२ भारत–अमेरिका मन्त्रीस्तरीय संवादमा भने ।

ब्लिन्केनले भने, “उदाहरणका लागि, अवैध फिसिङ, पाइरेसी र लागूपदार्थको ओसारपसारविरुद्ध लड्न हामी इन्डो–प्यासिफिक क्षेत्रमा मानवीय राहत र विपद् प्रतिकार्य प्रयासमा पनि समन्वय गरिरहेका छौं । यो संवादले अमेरिका र भारतबीच उच्चस्तरीय छलफलका लागि एक मञ्च प्रदान गर्दछ । अमेरिका र भारतका नेताहरूले महत्वपूर्ण द्विपक्षीय र विश्वव्यापी मामिलाहरूमा छलफल गर्दछन्, जसमा हिन्द–प्रशान्त क्षेत्रमा भइरहेका घटनाक्रमहरूमा विशेष जोड दिइन्छ ।”
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप