अनलाइनमा हेरेर क्यान्सर भएको निधो गरी पुरुषले आफ्नै ज्यान लिन खोजेपछि...
काठमाडौँ । उपयोग गर्न जान्यो भने इन्टरनेट वरदान हो । आफूले खोजेको, चाहेको अनेकौँ उपयोगी जानकारीहरू यसमा केही दबाएकै भरमा आँखा सामुन्ने आउँछ । तर अनलाइनमा भएका सबै कुरा सत्य हुन्नन् ।
सबै जानकारीलाई आँखा चिम्लेर विश्वास गर्न सकिन्न र हुन्न पनि । यो कुरा हर कोहीले बुझ्न जरुरी छ । खास गरी मेडिकल जानकारीहरु । पछिल्लो समय अनलाइनमा खोजी गरेर आफैँ डाक्टर बन्न खोज्नेहरूको कमी छैन । यस्तो बानीले गर्दा कहिलेकाहीँ मानिसको ज्यानै जान पनि सक्छ । रोमानियामा पनि यस्तै एउटा घटना भएको छ ।
हालै डाक्टरहरूले रोमानियाका एक पुरुषलाई बचाएका छन् । आफूमा देखिएको केही लक्षणहरू अनलाइनमा चेक गर्दा आन्द्राको क्यान्सरसँग मिल्दोजुल्दो भेटिएपछि ती पुरुषले आत्महत्याको कोसिस गरेका थिए । यो घटना रोमानियाको बोतोसानी शहरमा शनिबार भएको हो । नाम नखुलेका ती पुरुष केही समयदेखि आन्द्रा दुखेर चिन्तित थिए ।
आफूलाई भएको समस्या उनले डाक्टरलाई बताएनन् न त अस्पताल नै गए । बरु अनलाइनमा आफूमा देखिएको लक्षणबारे खोज तलास गरे । यस क्रममा लक्षणहरू आन्द्रा क्यान्सरसँग मिल्दो पाए ।
आफूलाई क्यान्सर नै भएको निधो गरेर पनि उनी औषधि उपचार गराउन गएनन् । बरु झन् झन् डिप्रेसनमा डुब्दै गए । एक दिन श्रीमती पनि घरमै भएको बेलामा आउट हाउसमा गएर एङ्गल ग्राइन्डरले पाखुरा काटेर आफैँलाई सिध्याउने प्रयास गरे । श्रीमतीसँग माफी माग्दै म्यासेज पठाए ।
श्रीमती आउटहाउसमा पुग्दासम्म ती पुरुषको बायाँ हातको पाखुरा छिन्नै लागेको थियो । तत्कालै उनलाई अस्पताल लगियो । डाक्टरहरुले ती पुरुषलाई बचाउन सके । अहिले ती पुरुष स्वास्थ्यलाभ गरिरहेको बताइएको छ । उनको पेटको समस्याको बारेमा पनि जाँच भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
झाडी फाँडेर फलफूल बगैँचा
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण