कोशीमा घरेलु तथा साना उद्योग दर्ता निरन्तर घट्दो
विराटनगर । कोभिडको समयमा अत्यधिक दर्ता भएका साना तथा घरेलु उद्योग पछिल्लो समय भने घट्दो क्रममा रहेको पाइएको छ । कोशी प्रदेश उद्योग, कृषि तथा सहकारी मन्त्रालयले दिएको तथ्याङ्क अनुसार विगत चार आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा उद्योग दर्ता कम देखिएको हो ।
विगत पाँच वर्षको तथ्याङ्क हेर्दा आर्थिक वर्ष २०७५/०७६ मा ६ हजार ९४३ वटा उद्योग दर्ता भएका थिए । आर्थिक वर्ष २०७६/०७७ मा भने उद्योग दर्ताको संख्या ६ हजार ५६१ वटा छ । कोरोनाकालमा उद्योग दर्ता अत्याधिक बढ्यो । आर्थिक वर्ष ०७७÷०७८ मा अघिल्लो आर्थिक वर्षको तुलनामा दोब्बर बढी घरेलु तथा साना उद्योग दर्ता भए । त्यस वर्ष १४ हजार ५२७ वटा उद्योग दर्ता भएको तथ्याङ्क छ ।
कोरोनाकै प्रभाव रहेको अर्को आर्थिक वर्ष ०७८/०७९ मा फेरि उद्योग दर्ताको संख्या केही घट्यो । उक्त वर्ष ९ हजार ९१० वटा उद्योग दर्ता भए । यो संख्या आर्थिक वर्ष २०७९/०८० मा झण्डै आधा घट्यो । उक्त वर्ष ५ हजार २०५ वटा उद्योग दर्ता भयो ।
दर्ताको तथ्याङ्क हेर्नुहोस्

घरेलु तथा साना उद्योग दर्ता जति हुन्छन्, त्यति नवीकरण पनि नहुने गरेको देखिएको छ । दर्ता भएको तीन वर्षमा उद्योग नवीकरण गर्नुपर्ने प्रावधान छ । तर, उक्त प्रावधान अनुसार झण्डै एक तिहाई उद्योगले नवीकरण नगरेको मन्त्रालयको भनाइ छ ।
आर्थिक वर्ष २०७५/०७६ मा कोशी प्रदेशमा ४ हजार ६८ वटा उद्योग नवीकरण भएका थिए । यस्तै आर्थिक वर्ष २०७६/०७७ मा २ हजार ४०, आर्थिक वर्ष २०७७/०७८ मा ५ हजार ८४३, आर्थिक वर्ष २०७८/०७९ मा ४ हजार २३६ र आर्थिक वर्ष २०७९/०८० मा ३ हजार ८१९ वटा उद्योग नवीकरण भएका छन् ।
यो तथ्याङ्कलाई हेर्ने हो भने आर्थिक वर्ष ०७५/०६६ मा दर्ता भएका ६ हजार ९४३ वटा उद्योगको नवीकरण आर्थिक वर्ष ०७८/०७९ मा हुनुपर्ने हो । उ्रक्त आर्थिक वर्ष नवीकरणको संख्या ४ हजार २३६ मात्रै छ । यसको मतलब झण्डै २ हजार ७०७ वटा उद्योग नवीकरण भएनन् ।
यस्तै आर्थिक वर्ष ०७६/०७७ मा दर्ता भएका उद्योगको संख्या ६ हजार ५६१ छ । ती उद्योग पनि आर्थिक वर्ष २०७९/०८० मा नवीकरण हुनुपर्ने हो । तर, गत आर्थिक वर्षको नवीकरण संख्या भने ३ हजार ८१९ मात्रै छ । यसको मतलब २ हजार ७४२ उद्योग नवीकरण भएका छैनन् ।
नवीकरणको तथ्याङ्क हेर्नुहोस्

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण