कोलम्ब्यिाले किन लगायो पिज्जा बर्गरमा कर ?
काठमाडौँ । पिज्जा बर्गर भन्ने बित्तिकै खान मन नलाग्ने त को नै होला र ? पिज्जा लगायत जंक फुडमा कर लगाइयो भने तपाई खान कम गर्नु हुन्छ कि, हुन्न ? कोलम्बियाले पिज्जा बर्गर लगायत जंक फुडमा कर लगाएको छ । अत्यधिक मात्रामा स्याचुरेटेड फ्याट, नुन वा चिनीको सेवनमा रोक लगाउन उक्त कर लगाइएको हो ।
कोलम्बियामा झन्डै एक तिहाई वयस्कलाई उच्च रक्तचापको समस्या छ । फाष्ट फुडमा कर लगाएर खपत घटाएर सरकारले मधुमेह र मुटुसम्बन्धी रोगहरु कम गर्ने र नसर्ने रोगका कारण हुने मृत्यु घटाउन खोजेको छ । कोलम्बियाको केन्द्रीय सरकारले जंक फुडमा १० प्रतिशत अतिरिक्त कर लगाएको छ । आगामी वर्ष यो बढेर १५ प्रतिशतमा पुग्नेछ । सन् २०२४ मा भने यो बढेर २५ प्रतिशतमा पुग्नेछ । कर चकलेटदेखि जेली र चोरिजो देखि सिरियलसम्म सबैमा लागू हुनेछ । हल्का पेय पदार्थमा पनि कर लगाइएको छ । चिनीको मात्रा अनुसार सोडा, फ्रुट जुस, फ्लेभर्ड वाटर र अन्य गुलिया पेयसम्म फरक फरक कर लगाइएको छ ।
डेनमार्कले पनि सन् २०११ मा फ्याट ट्याक्स लगाएको थियो । बटर मिल्क, चिज, पिज्जा, मासु तेल र २ दशमलव ३ प्रतिशतभन्दा धेरै स्याचुरेटेड फ्याट भएका प्रशोधित खानामा सो कर लगाइएको थियो । तर किसान, खाद्य कम्पनी र उपभोक्ताहरुको चर्को विरोधपछि एक वर्षमै कर उल्ट्याइयो ।
चुरोट जत्तिकै खतरनाक छ फाष्ट फुड ?
वर्ल्ड फुड प्रोग्रामका अनुसार विश्वभरमा ९० लाख मानिस भोकमरीका कारण मर्छन् । विश्व स्वास्थ्य संगठनका अनुसार मधुमेह, हर्ट अट्याक, हाइपरटेन्सन जस्ता नसर्ने रोगका कारण वर्षेनी करिब ४ धकरोड १० लाख मानिसको मृत्यु हुने गरेको छ । अर्थात् भोकमरीले भन्दा धेरै मानिसको ज्यान गलत खानपान र जीवनशैलीका कारण गइरहेको छ ।
कोलम्बियाले कानुन बनाएर फाष्टफूडको उपभोगमा अंकुश लगाउन खोज्नुको कारण पनि यही हो । जंक फुडमा हुने ट्रान्स फ्याट, उच्च मात्राको चिनी, सोडियम र स्याचुरेटेड फ्याटले प्राणघातक रोगको खतरा बढाउँछ । मेडिकल जर्नल जामा नेटवर्कमा छापिएको एउटा अनुसन्धानअनुसार फाष्ट फुड खाने मान्छेमा मुटुको रोग र क्यान्सर जस्ता रोगको खतरा बढ्छ । ग्लोबल बर्डन अफ डिजीज रिपोर्टको अनुसार फाष्ट फुड खाएर हरेक वर्ष १ करोड १० लाख मानिसको ज्यान गइरहेको छ । धुम्रपानका कारण मर्नेको संख्या वर्षेनी ८० लाख छ । अर्थात् चुरोटभन्दा पनि फष्ट फुड खतरनाक छ ।
फाष्ट फूडले डिप्रेशन र एङ्ग्जाइटीको पनि खतरा छ । मान्छेले स्वाद मानी मानी खाने यी फाष्ट फूडहरु हाम्रो लागि उत्ति नै घातक छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप समूह चरणको खेल सकियो, यी हुन् नकआउट चरणमा पुग्ने ३२ टोली
-
‘खादा–मालामै गण्डकी सरकारको ३५ करोड स्वाहा !’
-
विश्वविद्यालयका उपकुलपति छनोट प्रक्रिया जारी
-
प्राधिकरणमा नयाँ प्रयोगको थालनी, अब चालु लाइनमै मर्मत सम्भार कार्य हुने
-
आज ७५ औँ मदन भण्डारी जयन्ती
-
इन्द्रचोकदेखि विशाल बजारसम्मको सडकमा परम्परागत शैलीका आकर्षक सडकबत्ती जडान (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण