मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

कालिन्चोक दर्शनले बोलायो साधारण सभा, हकप्रदबारे छलफल गर्ने

शुक्रबार, २९ मङ्सिर २०८०, ११ : ५२
शुक्रबार, २९ मङ्सिर २०८०

काठमाडौँ । कालिन्चोक दर्शनले लाभांश विनै साधारण सभाको आह्वान गरेको छ । कम्पनीले यही पुस २६ गतेका लागि साधारण सभा आह्वान गरेको हो । काठमाडौँको तीनकुनेमा हुने साधारण सभाको एजेन्डामा लगानीकर्तालाई लाभांश वितरणको विषय भने छैन ।

साधारण सभाका लागि कम्पनीले पुस १२ देखि २६ गतेसम्म १५ दिनका लागि बुक क्लोज गर्नेछ । साधारण सभामा चालू आर्थिक वर्षका लागि लेखापरीक्षण नियुक्त गर्ने, संस्थापक समूहबाट सञ्चालक समितिमा ५ जना नियुक्त गर्ने लगायतका विषय छन् । 

यसबाहेक, हकप्रदको विषयमा समेत छलफल गर्ने एजेन्डा कम्पनीले सेट गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप