आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय
इंग्ल्याण्ड सीसँगको फुटबलमा नेपाल २–० ले पराजित (फोटो फिचर)

इंग्ल्याण्ड सीसँगको फुटबलमा नेपाल २–० ले पराजित (फोटो फिचर)

मङ्गलबार, २५ वैशाख २०८१

लन्डन । बेलायतमा सोमबार दिउँसो भएको नेपाली राष्ट्रिय फुटबल टिम र इंग्ल्याण्ड सी बिचको ऐतिहासिक खेलमा नेपाल पराजित भएको छ । बेलायतको अल्डरसटस्थित इबीबी रङ्गशालामा भएको मैत्रीपूर्ण खेलमा इंग्ल्याण्ड सीले २–० को जित हासिल गरेको हो ।

पहिलो हाफको १३ मिनेटमा नै इंग्ल्याण्ड सीले २ गोल गर्न सफल भएको थियो । वर्षाका कारण खेलाडीहरूले असहज परिस्थितिको सामान गर्नुपरेको थियो । सुरुमा कमजोर प्रस्तुति देखाए पनि पछिल्लो समयमा भने नेपाली खेलाडीहरूले उत्कृष्ट प्रदर्शनी गरेका थिए । गोल गर्न नसके पनि नेपालले इंग्ल्याण्डलाई निकै दबाब दिएको दियो । टिम कप्तान तथा गोल किपर किरणकुमार लिम्बुको उत्कृष्ट प्रदर्शनीका कारण उनी ‘म्यान अफ दि म्याच’ पनि घोषित भए ।

८ हजार क्षमताको रङ्गशालामा करिब ७ हजार नेपाली तथा विदेशी दर्शकहरू जम्मा भएका थिए । नेपालीहरूले हुटिङ गर्दै खेलाडीहरूलाई सुरुदेखि नै हौसला दिइरहेका थिए । बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यसहित लन्डनस्थित दूतावासका कर्मचारी र बेलायतको नेपाली समुदायका अभियन्ताहरू सहभागी थिए।

खेलपछि प्रिजेन्टेसन समारोहमा अल्डरसट टाउन फुटबल क्लब अध्यक्ष साहिद अजिम, इंग्ल्यान्ड एफए पदाधिकारी, नेपाली राजदूत ज्ञानचन्द्र आचार्य, समाजसेवी व्यवसायी रविन्द्रजंग लामिछानेलगायतले खेलाडीलाई क्याप वितरण गरेका थिए ।

IMG_0229

अल्डरसट टाउन फुटबल क्लबले एफए र नेपाली समुदायको सहयोगमा मैत्रीपूर्ण खेल आयोजना गरेको हो । नेपालले गोल गर्न नसके पनि पहिलोपटक बेलायती भूमिमा खेल खेल्न पाउनुलाई प्रमुख उपलब्धि मानिएको छ ।

IMG_0224

खेल सफल पार्न नेपाली समुदायका तर्फबाट कमल कोने गुरुङले संयोजक तथा दिलरास गुरुङ र कुमार गुरुङले टिकट संयोजकको भूमिका निर्वाह गरेका थिए। खेल सुरु हुनुअघि खेल मैदानमा नेपाली दिदीबहिनीहरूले ‘सयथरी बाजा’ बोलको मौलिक नेपाली गीतमा नृत्य प्रदर्शन गरेका थिए । यसैगरी समाजसेवी तथा गायिका आनी छोइङ ड्रोल्माले नेपाली राष्ट्रिय गान गएकी थिइन् ।

IMG_0220

खेल हेर्न घण्टौँ लगाएर  स्कटल्यान्ड, वेल्स, मिडल्यान्डलगायतका स्थानबाट नेपालीहरू जम्मा भएका थिए । आयोजक अल्डरसट  टाउन फुटबल क्लब र एन्फाबिच एनआरएनए यूके पूर्व अध्यक्ष तथा समाजसेवी सूर्य गुरुङले महत्त्वपूर्ण योगदान पुर्‍याएका थिए ।  

IMG_0219IMG_0218IMG_0212IMG_0205IMG_0203IMG_0197IMG_0193IMG_0184IMG_0181IMG_0180IMG_0179IMG_0177IMG_0170IMG_0164IMG_0153IMG_0141IMG_0125IMG_0102

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया