खुलामञ्चमा ‘महाजात्रा’
काठमाडौँ । निर्देशन प्रदीप भट्टराई यति बेला फिल्म ‘महाजात्रा’को छायाङ्कनमा छन् । ‘जात्रा’ र ‘जात्रै जात्रा’ हिट भएपछि त्यसको अर्को सिक्वेलको रूपमा उनले ‘महाजात्रा’ तयार गरिरहेका हुन् ।
करिब दुई महिनादेखि नियमित फ्लोरमा रहेको फिल्म छायाङ्कनको अन्तिम चरणमा छ । फिल्मको केही दिनयता काठमाडौँको खुलामञ्च छायाङ्कन चलिरहेको छ । यो स्थानमा फिल्मको ‘हाम्रो जोडी त’ बोलको गीत छायाङ्कन भएको छ भने अब क्लाइमेक्स खिचिनेछ ।
मंगलबार भने ‘हाम्रो जोडी त’ बोलको गीत छायाङ्कन भएको थियो । जसमा अरुण क्षेत्री र आश्मा विश्वकर्माले नृत्य गरेका थिए । आश्मा र अरुण फिल्मको यो गीतमा मात्र देखिन लागेका हुन् ।
कविराज गहतराजको कोरियोग्राफी रहेको यो गीतमा आश्मा र अरुण अगाडि हरिवंश आचार्य, विपिन कार्की, वर्षा राउत, रवीन्द्र झा, रवीन्द्र सिंह बनियाँ पनि नाचेका थिए ।
फिल्म निर्देशक प्रदीप भट्टराईले आफूले सोचेभन्दा उत्कृष्ट तवरबाट फिल्मको छायाङ्कन सकिन लागेको बताए । उनले फिल्मका अघिल्ला सिक्वेलले भन्दा यसले दर्शकमा झन् मनोरञ्जन दिने सुनाए ।
हरिवंश आचार्य, विपिन कार्की, वर्षा राउत, रवीन्द्र झा, रवीन्द्र सिंह बनिया लगायतको अभिनय रहेको फिल्म अगामी चैत्र ९ गतेबाट सार्वजनिक प्रदर्शनमा आउँदै छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घानाविरुद्ध क्रोएसियालाई महत्त्वपूर्ण अग्रता
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल
-
समूह ‘एल’ को निर्णायक भिडन्त: नकआउट चरणका लागि क्रोएसियाको अन्तिम कसरत
-
भेनेजुएला भूकम्प: मृतकको सङ्ख्या १,४३० पुग्यो
-
आरोही फुञ्जो बनिन् पर्यटन सद्भावना दूत
-
१२ बजे १२ समाचार: मल खरिदमा चलखेल, चक्रपथ दोस्रो खण्ड विस्तारका लागि सुरु भएन टेन्डर प्रक्रिया
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण