संयुक्त राष्ट्रसङ्घीय महासभाद्वारा सन् २०२४ को बजेट स्वीकृत
सोमबार, ०९ पुस २०८०, १५ : ५१

संयुक्त राष्ट्रसंघ । संयुक्त राष्ट्रसंघीय महासभाले आगामी वर्षको लागि संयुक्त राष्ट्रसङ्घको ३.५९ अर्ब अमेरिकी डलरको वार्षिक नियमित बजेट स्वीकृत गरेको संयुक्त राष्ट्रसङ्घले आइतबार जानकारी गराएको छ ।
संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२४ को बजेट २०२३ को भन्दा बढी हो । सन् २०२३ को बजेट लगभग ३.४ अर्ब डलर थियो ।
नियमित बजेटले राजनीतिक मामिला, अन्तर्राष्ट्रिय न्याय, क्षेत्रीय सहयोग तथा मानवअधिकार, सार्वजनिक सूचनालगायतका गतिविधिहरु समेट्छ ।
विश्वनिकायमा छुट्टै शान्ति स्थापना बजेट रहन्छ जसको वित्तीय चक्र जुन ३० मा समाप्त हुन्छ । यसैगरी नियमित बजेटले हरेक क्यालेण्डर वर्षलाई समेट्छ ।-(रासस /सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्य सामान्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
सरिता गिरीको सांसद पदसम्बन्धी मुद्दा अझै सुनुवाइमै
-
जनताको पक्षमा काम गर्ने पार्टी माओवादी केन्द्र नै हो: प्रचण्ड
-
सगरमाथा संवादमा इलामे चियाको स्वाद
-
लमजुङमा तरुण दलका कार्यकर्तामाथि खुकुरी प्रहार गर्नेहरू पक्राउ परेनन्
-
मस्को मेट्रोले आफ्नो ९० औं वार्षिकोत्सव मनायो