संयुक्त राष्ट्रसङ्घीय महासभाद्वारा सन् २०२४ को बजेट स्वीकृत
सोमबार, ०९ पुस २०८०, १५ : ५१
संयुक्त राष्ट्रसंघ । संयुक्त राष्ट्रसंघीय महासभाले आगामी वर्षको लागि संयुक्त राष्ट्रसङ्घको ३.५९ अर्ब अमेरिकी डलरको वार्षिक नियमित बजेट स्वीकृत गरेको संयुक्त राष्ट्रसङ्घले आइतबार जानकारी गराएको छ ।
संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२४ को बजेट २०२३ को भन्दा बढी हो । सन् २०२३ को बजेट लगभग ३.४ अर्ब डलर थियो ।
नियमित बजेटले राजनीतिक मामिला, अन्तर्राष्ट्रिय न्याय, क्षेत्रीय सहयोग तथा मानवअधिकार, सार्वजनिक सूचनालगायतका गतिविधिहरु समेट्छ ।
विश्वनिकायमा छुट्टै शान्ति स्थापना बजेट रहन्छ जसको वित्तीय चक्र जुन ३० मा समाप्त हुन्छ । यसैगरी नियमित बजेटले हरेक क्यालेण्डर वर्षलाई समेट्छ ।-(रासस /सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दूधमा आत्मनिर्भर बन्दै बागलुङ
-
हामीले गलत गर्दा खबरदारी गर्नुहोला : सोम शर्मा
-
लुम्बिनी प्रादेशिक अस्पतालमा ‘ट्र्याज प्रणाली’ लागू
-
भोलिदेखि त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बीमा अन्तर्गतको ओपीडी सेवा सुरु हुने
-
विश्वकप समूह चरणको खेल सकियो, यी हुन् नकआउट चरणमा पुग्ने ३२ टोली
-
‘खादा–मालामै गण्डकी सरकारको ३५ करोड स्वाहा !’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण