शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्र बैंकले २२ करोड ९१ लाख ब्याजमा लगानी गर्ने

बुधबार, १८ पुस २०८०, ११ : १२
बुधबार, १८ पुस २०८०

काठमाडौं । नेपाल राष्ट्र बैंकले झण्डै २३ करोड रुपैयाँ ब्याजमा लगानी गर्ने भएको छ । केन्द्रीय बैंकको आफ्नो विभिन्न कोषमा रहेको २२ करोड ९१ लाख रुपैयाँ निक्षेपको रुपमा बैंक तथा वित्तीय संस्थामा राख्ने भएको हो ।
मंगलबार एक सूचना जारी गर्दै केन्द्रीय बैंकले इच्छुक बैंक तथा वित्तीय संस्थालाई उचित ब्याजदरसहित निक्षेप प्रस्ताव आह्वान गरेको छ ।
सूचना अनुसार कूल निक्षेपमध्ये १८ करोड ३३ लाख रुपैयाँ क वर्गको वाणिज्य बैंकका लागि छुट्याइएको छ भने ३ करोड ४४ लाख रुपैयाँ ख वर्गको वाणिज्य बैंक र १ करोड १४ लाख रुपैयाँ ग वर्गको राष्ट्रिय स्तरका वित्त कम्पनीहरुका लागि छुट्याएको छ । 

इच्छुक बैंक तथा वित्तीय संस्थाहरुले २०८० पुस १९ गते राती १२ बजेसम्म अनलाइन आवेदन दिन सक्नेछन् । कूल ३६६ दिन (एक वर्ष) प्रदान गरिने निक्षेप २०८० माघ २ गते जारी भएर २०८१ माघ १ गते परिपक्क हुनेछ । 
निक्षेप चाहने बैंक तथा वित्तीय संस्थाले केन्द्रीय बैंकबाट तोकेको न्यूनतम पुँजीकोष कायम गरेको हुनुपर्नेछ भने कर्जा निक्षेपको अनुपात (सीडी रेसियो) कायम गरेको र संस्थाको कूल कर्जा लगानीको खराब कर्जाको दर ५ प्रतिशत नकटेको हुनुपर्ने बैंकले सर्त राखेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप