बाँध भत्किँदा ब्राजिलमा ३० भन्दा धेरैको मृत्यु
रियो द जेनरियो । कयौँ दिनदेखिको मुसलधारे वर्षाका कारण दक्षिण ब्राजिलमा बिजुली उत्पादनका लागि बनाइएको बाँध भत्किँदा ३० जनाभन्दा धेरैको मृत्यु भएको छ । रियो ग्रान्ड दू सुल राज्यमा ६० जनाभन्दा धेरै बेपत्ता भएको अधिकारीहरूले बताएका छन् ।
शनिबारयता वर्षाका कारण १५ हजार बासिन्दा विस्थापित भएका छन् । राज्यभर कम्तीमा पनि ५ लाख मानिस बिजुली र खाने पानीको आपूर्ति विहीन भएका छन् । लगातारको मुसलधारे वर्षाका कारण बाढी पसेको क्षेत्रमा बाँध फुटेर पानी छिर्दा झनै धेरै क्षति भएको बताइएको छ । बाँध कोटिपोरा नगरपालिका र बेन्टो गोन्काल्भ्स् शहरको बिचमा रहेको थियो ।
बाढीका कारण अलपत्र परेका मानिसहरूको उद्धारका लागि हेलिकप्टर खटाइएको छ । सो क्षेत्रमा थप वर्षा हुने मौसम विभागले भविष्यवाणी गरेको छ । हालैका दिनमा बाढीका कारण ब्राजिलमा कयौँको ज्यान गएको छ ।
गएको वर्ष रियो ग्रान्ड दू सुलमा चक्रवातका कारण ३० जनाभन्दा धेरैको मृत्यु भएको थियो । एल निनोका कारण विषम मौसमी अवस्था बढेको ब्राजिलको मौसम विभागले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण