राष्ट्र बैंकले आइतवार ७ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बोलकबोल गर्ने
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आगामी आइतबार ७ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बोलकबोल गर्ने भएको छ । राष्ट्र बैंकले ८ वर्षे अवधिको ‘विकास ऋणपत्र २०८८ ‘छ’ जारी गर्ने भएको हो ।
२०८० पुस २२ गते अपराह्न २ बजे बोलकबोल हुने ऋणपत्र पुस २३ गते जारी गरिने राष्ट्र बैंकले जनाएको छ । इच्छुक बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बीमा कम्पनी, सङ्गठित संस्था तथा नेपाली नागरिकले तोकिएको सर्त पुरा गरी तोकिएको समयभित्र आवेदन दिन सक्नेछन् ।
इच्छुक खरिदकर्ताले प्रतिस्पर्धी वा अप्रतिस्पर्धी रूपमा सहभागी हुन सक्नेछन् । प्रतिस्पर्धी बोलकबोलका लागि कूल निष्कासनको ८५ प्रतिशत अर्थात् ५ अर्ब ९५ करोड र अप्रतिस्पर्धीतर्फ १५ प्रतिशत अर्थात् १ अर्ब ५ करोड रुपैयाँ छुट्टाइएको छ ।
प्रस्तावित आवदेनहरुबाट कट–अफ ब्याजदर एकल ब्याजदर कायम गरी सो ब्याजदर र सो ब्याजदरभन्दा तलका सबै बोलवालाहरूलाई सोही एकल ब्याजदरमा ऋणपत्र उपलब्ध गराइने राष्ट्र बैंकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते
-
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
-
रुपन्देही क्रिकेट संघको अध्यक्षमा हरि बहादुर थापा पुनः निर्वाचित
-
एक दशकसम्म सम्पन्न भएनन् काठमाडौँ उपत्यकाका यी आकासे पुल (तस्बिरहरू)
-
राष्ट्रिय सभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
केरा खेतीमा ‘ब्ल्याक डेथ’ को खतरा : ७५३ स्थानीय तहलाई ‘हाइ अलर्ट’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण