शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

शिवम् सिमेन्ट्सले शेयरधनीलाई १५ प्रतिशत लाभांश वितरण गर्ने

आइतबार, २९ पुस २०८०, १२ : ३०
आइतबार, २९ पुस २०८०

काठमाडौँ । शिवम् सिमेन्ट्स लिमिटेडको आठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाबाट आ.व. २०७९।०८० सम्मको सञ्चित मुनाफाबाट शेयरधनीलाई १५ प्रतिशतका दरले लाभांश वितरण गर्ने प्रस्ताव पारित भएको छ । 

आ.व. २०७९।०८० सम्मको सञ्चित मुनाफाबाट (शेयर प्रिमियम बापतको रकम यथावत् रूपमा कम्पनीमा नै सञ्चित राखी) अन्य सञ्चित रकमबाट शेयरधनीलाई चुक्ता पुँजी रु ४ अर्ब ४० करोडको १४.२५ प्रतिशतका दरले रु. ६२ करोड ७० लाख बराबरको वोनस शेयर र ०.७५ प्रतिशतका दरले (कर प्रयोजनका लागि) रु. ३ करोड ३० लाख नगद लाभांश सहित आफ्ना शेयरवालाहरूलाई कूल जम्मा १५ प्रतिशतका दरले लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको कम्पनीले एक विज्ञप्ति मार्फत जानकारी गराएको छ । 

हाल कम्पनीको अधिकृत पुँजी ७ अर्ब र जारी तथा चुक्ता पुँजी रु. ४ अर्ब ४० करोड रहेकोमा १४.२५ प्रतिशतका का दरले बोनस शेयर वितरण गरे पश्चात् कम्पनीको जारी तथा चुक्ता पूँजीमा वृद्धि भई ५ अर्ब २ करोड ७० लाख कायम हुनेछ । 

शुक्रवार कम्पनी सञ्चालक समितिका अध्यक्ष गौरव गोयलको अध्यक्षतामा बसेको सभाले सञ्चालक समितिले प्रस्ताव गरेका सामान्य प्रस्ताव र विशेष प्रस्तावहरू पनि पारित गरेको कम्पनीको भनाइ छ । 

 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप