काठमाडौँ । पछिल्लो समय काठमाडौँ उपत्यकासहित देशभर वायु प्रदूषण बढेको भन्दै काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ । नेपाल समाजवादी पार्टी निकट समाजवादी विद्यार्थी युनियनले प्रदूषण नियन्त्रणका लागि दबाब दिन प्रदर्शन गरेको हो ।

शनिबार युनियनका अध्यक्ष नेत्र चापागाइँको नेतृत्वमा प्रदर्शन गर्दै विद्यार्थी नेताहरूले बढ्दो वायु प्रदूषण नियन्त्रणका लागि सरकारसँग माग गरेका हुन् ।
_XKfGWV2kFe.jpg)
उनीहरूले ‘स्वास्थ्यमाथि खेलबाड बन्द गर, स्वस्थ वातावरण सुनिश्चित गर’, ‘कुखुरी काँ, धुलो खुवा खाँ’, ‘नेता बस्छन् एसीमा, जनता डढेलो धुवाँमा’, ‘अब आँखा खोलौँ, वायु प्रदूषण रोकौँ’लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।
_8ESdN1djAb.jpg)
देशभर आगलागी र डढेलो बढेका कारण देशभर वायु प्रदूषण बढेको छ । काठमाडौँ विश्वकै प्रदूषित सहरको सूचीको पहिलो स्थानमा छ । एक सातादेखि काठमाडौँको आकाश धुम्म भएको छ । चिकित्सकहरूले घरबाहिर निस्किदा मास्क लगाएर मात्र निस्कन आग्रह गरेका छन् ।
_S5Oi6jFiKE.jpg)
_PoPvc0c5oz.jpg)
_ffexSlBUW6.jpg)
_cUL3X2flBs.jpg)
_v7x60YyH7e.jpg)
प्रतिक्रिया