शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय
वायु प्रदूषण नियन्त्रणको माग गर्दै काठमाडौँमा प्रदर्शन
प्रदूषण

वायु प्रदूषण नियन्त्रणको माग गर्दै काठमाडौँमा प्रदर्शन

शनिबार, २२ वैशाख २०८१

काठमाडौँ । पछिल्लो समय काठमाडौँ उपत्यकासहित देशभर वायु प्रदूषण बढेको भन्दै काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ । नेपाल समाजवादी पार्टी निकट समाजवादी विद्यार्थी युनियनले प्रदूषण नियन्त्रणका लागि दबाब दिन प्रदर्शन गरेको हो । 

Netra Chapagin

शनिबार युनियनका अध्यक्ष नेत्र चापागाइँको नेतृत्वमा प्रदर्शन गर्दै विद्यार्थी नेताहरूले बढ्दो वायु प्रदूषण नियन्त्रणका लागि सरकारसँग माग गरेका हुन् । 

air pollution protest (1)

उनीहरूले ‘स्वास्थ्यमाथि खेलबाड बन्द गर, स्वस्थ वातावरण सुनिश्चित गर’, ‘कुखुरी काँ, धुलो खुवा खाँ’, ‘नेता बस्छन् एसीमा, जनता डढेलो धुवाँमा’, ‘अब आँखा खोलौँ, वायु प्रदूषण रोकौँ’लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए । 

air pollution protest (2)

देशभर आगलागी र डढेलो बढेका कारण देशभर वायु प्रदूषण बढेको छ । काठमाडौँ विश्वकै प्रदूषित सहरको सूचीको पहिलो स्थानमा छ । एक सातादेखि काठमाडौँको आकाश धुम्म भएको छ । चिकित्सकहरूले घरबाहिर निस्किदा मास्क लगाएर मात्र निस्कन आग्रह गरेका छन् । 

air pollution protest (3)air pollution protest (4)air pollution protest (5)air pollution protest (6)air pollution protest (7)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया