मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

दम्पतीको विवादमा केशव घिमिरेमाथि कुटपिट, ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता

शुक्रबार, ०५ माघ २०८०, १२ : ५८
शुक्रबार, ०५ माघ २०८०

काठमाडौँ । पति पत्नीको विवादमा झापाको मेचीनगर घर भएर काठमाडौँ बस्दै आएका केशव घिमिरेमाथि कुटपिट भएको छ । पत्नी ममता राईसँग उनको विवाद छ । सम्बन्ध विच्छेदको मुद्दा काठमाडौँ जिल्ला अदालतमा चलिरहेको अवस्थामा मिलापत्र गर्न बोलाएर पत्नी राईका मतियारहरूले आफूलाई काँडाघारीमा कुटपिट गरेको घिमिरेले आरोप लगाएका छन् ।

घिमिरेले जिल्ला सरकारी वकिल कार्यालय मार्फत दिएको जाहेरी प्रहरी वृत्त नयाँ बानेश्वरमा दर्ता भएको छ । ममता र काँडाघारी बस्ने शम्भु खत्रीसहित ४ जनाविरुद्ध ज्यान मार्ने उद्योगमा जाहेरी दर्ता भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृतले रातोपाटीलाई बताए । ती अधिकृत भन्छन्–‘मुद्दा दर्ता गरेर अनुसन्धान भइरहेको छ ।’

ममता राई राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत छिन् । पुस २० मा मुद्दा मिलापत्र गर्ने प्रयोजनका लागि बोलाएर शम्भु राईको समूहले आफूलाई निर्घात कुटपिट गरेको घिमिरेले आरोप लगाएका छन् । तर, अर्को पक्षले घिमिरे आफैँ काँडाघारीस्थित खत्रीको डेरामा पुगेको प्रहरीलाई बताएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप