कास्कीबाट १ महिनामा ४२ जना फरार प्रतिवादी पक्राउ
सोमबार, ३१ वैशाख २०८१, २२ : २०
काठमाडौँ । कास्की जिल्लाबाट प्रहरीले १ महिनामा ४२ जना फरार प्रतिवादीहरूलाई पक्राउ गरेको छ । वैशाख महिनाभरमा ४२ जना फरार प्रतिवादीहरूलाई पक्राउ गरिएको कास्कीका एसपी मोहन थापाले रातोपाटीलाई बताए ।
जिल्ला प्रहरी कार्यालय कास्की र मातहतका प्रहरी युनिटहरुबाट खटिएका प्रहरीले चेक अनादर मुद्दामा फरार १८ जना, लागुऔषध मुद्दामा फरार ८ जना र डाँकाचोरी मुद्दाका ४ जनालाई पक्राउ गरेका हुन् । बलात्कार मुद्दामा फरार १ जना, जुवा मुद्दामा फरार ३ जना र पशुपन्छी सम्बन्धी कसुरमा फरार ४ जना पक्राउ परेका छन् ।
ठगी मुद्दाका ५ जना फरार पक्राउ परेका छन् । अदालतबाट फैसला भएर कैद तथा जरिवाना भुक्तान नगरेर फरार भएकाहरूलाई पक्राउ गरिएको एसपी थापाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३ वर्ष कैद भुक्तान गरेका इन्द्रजित राई अब २ महिना १३ दिन मात्र जेल बस्नुपर्ने
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा यी प्रतिवादीलाई सर्वाधिक ४ वर्ष जेल
-
ठगी आरोपमा सौर्य सहकारीका सञ्चालक पक्राउ
-
बेचन झालाई नक्कली भुटानी शरणार्थी प्रकरणमा १ वर्ष जेल सजाय
-
नेपाल टेलिकमका पूर्वप्रबन्धक सुनिल पौडेल दोषी ठहर, साढे २ वर्ष कैद सजाय
-
टेकनाथ रिजाललाई नक्कली भुटानी शरणार्थी प्रकरणमा दुई वर्ष जेल सजाय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण