नेपालका लागि चिनियाँ राजदूतले किन गरे भारतीय विदेश मन्त्री जयशंकरको भनाइको प्रशंसा ?
काठमाडौँ । नेपालका लागि चिनियाँ राजदूत चेन सोङले भारतका विदेश मन्त्री एस.जयशंकरको भनाईको प्रशंसा गरेका छन् ।
राजदूत सोङले भारतीय विदेश मन्त्री जयशंकरले एउटा अन्तरवार्तामा अमेरिका बारे गरेको टिप्पणीको भिडियो सेयर गर्दै भनेका छन्, ‘यो निकै शक्तिशाली म्यासेज हो ।’
विदेश मन्त्री जयशंकरले अमेरिकाको वर्चस्वको बारेमा टिप्पणी गरेका छन् । उनले भनेका छन्, ‘संयुक्त राज्य अमेरिकाको बर्चस्व जो शीतयुद्धको समाप्तिपछि सुरु भयो र प्रभावकारी रूपले समाप्त पनि भयो ।’
यो टिप्पणी नेपालका लागि चाइनिज राजदूतलाई मन परेपछि उनले आफ्नो एक्स (ट्वीटर) मा सोमबार सेयर गरेका छन् । चीनले पहिलादेखि नै अमेरिकाको वर्चस्वको बारेमा बोल्दै आएको छ ।
विदेश मन्त्री जयशंकरले भनेका छन्, ‘आज युक्रेनमा युद्ध भइरहेको छ । गाजामा संघर्षको अवस्था छ । लाल सागर अरब सागरमा हमला भइरहेको छ । दक्षिण चीन साग क्षेत्रमा पनि तनावको स्थिति छ । विभिन्न भौगोलिक क्षेत्रमा आतंकवादको अवस्था छ । हाम्रो एसएसीमा चीनसँग समस्या छ तर अन्य देशको पनि चीनसँग फरक फरक मुद्दा छन् । यस अवस्थामा पनि अमेरिकाको दबदबा कम भइरहेका छन् ।’
भारतीय विदेश मन्त्री जयशंकरको यो भनाइमा सहमति जनाउँदै राजदूत सोङले उनको प्रशंसा गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण