अस्पतालबाटै बिरामीलाई डाक्टरसहित प्रकाश भुजेलकहाँ लगिएको चर्चा, के हो वास्तविकता ?
काठमाडौँ । बि एण्ड बि अस्पतालले अस्पतालबाटै बिरामीलाई डाक्टरसहित प्रकाश भुजेलकहाँ लगिएको चर्चा गलत रहेको बताएको छ ।
बि एण्ड बि अस्पतालले मंगलबार विज्ञप्ति जारी गर्दै बिरामीलाई उपचार गर्न नसकी डाक्टरसहित एम्बुलेन्समा पठाइएको भन्ने कुराप्रति अस्पताल व्यवस्थापनको गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । अस्पताले बिरामीको समस्याको समाधान नभएको भन्ने हाल्ला पनि गलत भएको दाबी गरेको छ ।
यस्तै अस्पतालले पुस २१ गते अस्पतालमा भर्ना भएर उपचार गराइ रहेका नरबहादुर गुरुङले माघ १४ गते अन्यत्र जानुपर्ने अनुरोध गरेकाले बिरामीको सुरक्षाको लागि कर्मचारीलाई एम्बुलेन्सको साथमा बाहिर पठाइएको उल्लेख गरेको छ । तर गुरु प्रकाश भुजेलकोमा उपचारका लागि गएको फेसबुकबाट जानकारी पाइएको अस्पताले प्रष्ट पारेको छ ।
अस्पताले भनेको छ,‘उहाँको मेरुदण्डको संक्रमण भएको र जाँचमा के कीटाणुले गर्दा संक्रमण भएको भन्ने पनि पुष्टि (confirm) भइसकेको छ । त्यसको लागि औषधी उपचार समेत भइरहेको जानकारी गराउन चाहन्छौँ । उल्लेखित बिरामी नर बहादुर गुरुङ अस्पतालबाट डाक्टरसहित यस अस्पतालमा उपचार हुन नसकी एम्बुलेन्समा पठाइएको भन्ने समाचार असत्य भएको र उक्त कुरा अस्पताल प्रशासनको जानकारीमा नभएकोले समाचार प्रति खेद प्रकट गर्दै सम्पूर्ण सर्व साधारणमा यथार्थ कुराको जानकारी गराउँदछौँ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल
-
समूह ‘एल’ को निर्णायक भिडन्त: नकआउट चरणका लागि क्रोएसियाको अन्तिम कसरत
-
भेनेजुएला भूकम्प: मृतकको सङ्ख्या १,४३० पुग्यो
-
आरोही फुञ्जो बनिन् पर्यटन सद्भावना दूत
-
१२ बजे १२ समाचार: मल खरिदमा चलखेल, चक्रपथ दोस्रो खण्ड विस्तारका लागि सुरु भएन टेन्डर प्रक्रिया
-
थारु जातिको भलमन्सा–बडघर परम्परालाई कानुनी मान्यता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण