एसिया कप : पेनाल्टी सूटआउटमा जित निकाल्दै दक्षिण कोरिया क्वाटरफाइनलमा
काठमाडौँ । पेनाल्टी सूटआउटमा साउदी अरेबियालाई स्तब्ध बनाउँदै दक्षिण कोरिया कतारमा जारी एएफसी एसिया कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
मंगलबार राति भएको खेलमा निर्धारित र अतिरिक्त समयको खेल एक–एक गोलको बराबरीमा सकिए पछि खेलको नतिजा पेनाल्टी सूटआउटबाट निकालिएको हो । जसमा दक्षिण कोरिया ४–२ गोल अन्तरले विजयी भएको हो ।
दक्षिण कोरिया हार नजिक पुगेको अवस्थामा दोस्रो हाफको अतिरिक्त समयको अन्तिम मिनेटमा गोल गर्दै खेल लम्बाएको थियो । ४६ औँ मिनेटमा साउदी अरेबियाका अब्दुल्लाह रडिफले गोल गर्दै अग्रता दिलाएका थिए । दोस्रो हाफको सुरुमै वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका अब्दुल्लाहले गोल गर्दै सनसनी मच्चाए ।
दोस्रो हाफको अतिरिक्त नवौँ मिनेटमा दक्षिण कोरियाका चो गुए संगले बराबरी गोल गर्दै खेललाई अतिरिक्त समयमा धकेले । त्यसपछिको ३० मिनेटमा पनि थप गोल ननिस्किएपछि पेनाल्टीको सहारा लिनु परेको थियो ।
जसमा दक्षिण कोरिया ४–२ गोल अन्तरले विजयी हुँदै अन्तिम ८ मा स्थान सुरक्षित गर्न सफल भयो । दक्षिण कोरियाले सेमिफाइनल प्रवेशका लागि शुक्रबार अस्ट्रेलियासँग खेल्ने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभिन्न प्रदेशमा मेघगर्जनसहित वर्षा, सतर्कता अपनाउन मौसम विभागको आग्रह
-
पनौतीमा आजदेखि हिले–जात्रा (ज्याःपुन्ही)
-
गण्डकी प्रदेश महिला टी–२० क्रिकेट सुरु, स्याङ्जाको विजयी सुरुवात
-
सिरुटार र बालकोटलाई गरियो बालमैत्री स्थानीय शासनयुक्त घोषणा
-
१० बजे १० समाचार : ओलीले पठाए आयोगमा पत्र, रास्वपाको प्रस्तावविरुद्ध आन्दोलनको तयारी
-
अफगानिस्तान केन्द्रबिन्दु भएर ६.२ म्याग्निच्युडको भूकम्प, कश्मीरदेखि दिल्लीसम्म धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण