एसिया कप : पेनाल्टी सूटआउटमा जित निकाल्दै दक्षिण कोरिया क्वाटरफाइनलमा

काठमाडौँ । पेनाल्टी सूटआउटमा साउदी अरेबियालाई स्तब्ध बनाउँदै दक्षिण कोरिया कतारमा जारी एएफसी एसिया कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
मंगलबार राति भएको खेलमा निर्धारित र अतिरिक्त समयको खेल एक–एक गोलको बराबरीमा सकिए पछि खेलको नतिजा पेनाल्टी सूटआउटबाट निकालिएको हो । जसमा दक्षिण कोरिया ४–२ गोल अन्तरले विजयी भएको हो ।
दक्षिण कोरिया हार नजिक पुगेको अवस्थामा दोस्रो हाफको अतिरिक्त समयको अन्तिम मिनेटमा गोल गर्दै खेल लम्बाएको थियो । ४६ औँ मिनेटमा साउदी अरेबियाका अब्दुल्लाह रडिफले गोल गर्दै अग्रता दिलाएका थिए । दोस्रो हाफको सुरुमै वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका अब्दुल्लाहले गोल गर्दै सनसनी मच्चाए ।
दोस्रो हाफको अतिरिक्त नवौँ मिनेटमा दक्षिण कोरियाका चो गुए संगले बराबरी गोल गर्दै खेललाई अतिरिक्त समयमा धकेले । त्यसपछिको ३० मिनेटमा पनि थप गोल ननिस्किएपछि पेनाल्टीको सहारा लिनु परेको थियो ।
जसमा दक्षिण कोरिया ४–२ गोल अन्तरले विजयी हुँदै अन्तिम ८ मा स्थान सुरक्षित गर्न सफल भयो । दक्षिण कोरियाले सेमिफाइनल प्रवेशका लागि शुक्रबार अस्ट्रेलियासँग खेल्ने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षासँगै जलमग्न बन्यो नारायणहिटी उत्तरढोका, तस्बिरहरू
-
सान डिएगोमा डुङ्गा पल्टिँदा तीन जनाको मृत्यु, नौ जना बेपत्ता
-
नेपाल पुलिस क्लब मकवानपुर महिला गोल्डकपको फाइनलमा
-
शून्य समय शून्यमा उडाउनका लागि हो भने बन्द गरौँ : जनार्दन शर्मा
-
महेश श्रेष्ठ निर्वाचित भएपछि परराष्ट्रले लियो एनआरएनएको एकता महाधिवेशन सार्ने निवेदन फिर्ता
-
एआईले बनाएको आफ्नो पोप अवतारबारे के भन्छन् ट्रम्प ?