माडीबाट नाका खुलाउन महामन्त्री थापाको ध्यानाकर्षण
चितवन । माडीका स्थानीयवासीले नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापालाई बागमती प्रदेशको माडीबाट भारतीय नाका खुलाउन ध्यानाकर्षण गराएका छन् । पूर्वपश्चिम हुलाकी मार्ग संवाद यात्राका क्रममा शनिबार राति माडी आइपुगेका थापालाई कांग्रेस माडी नगरसमितिले विभिन्न विषयमा ध्यानाकर्षण गराउने क्रममा माडीको सीमा नाका खुलाउन पहलकदमी गरिदिन आग्रह गरेको हो ।
कांग्रेस चितवनका सभापति राजेश्वर खनालका अनुसार स्थानीय पार्टीको मागप्रति महामन्त्री थापाले आफू सकारात्मक रहेको भन्दै सम्बन्धित निकायमा पहलकदमी गर्ने बताए । कांग्रेस माडी नगर सभापति कोमलनाथ भुसालले ध्यानाकर्षणका क्रममा सिङ्गो बागमती प्रदेश सीमानाकासँग नजोडिएको भन्दै यसबाट यहाँको विकासमा बाधा पुगेको बताए ।
दक्षिणमा भारत र उत्तरमा चीनसँगको सिमाना जोड्ने सडक यसै माडी नगरपालिका क्षेत्र भएर जाने भएको हुँदा बागमती प्रदेश तथा सिङ्गो देशका लागि हितकर हुने ठोरी नाका अविलम्ब सञ्चालन गर्नुपर्ने वा माडीबाटै वैकल्पिक मार्गको खोजी गरी सञ्चालनमा ल्याउनुपर्ने ध्यानाकर्षणपत्रमा उल्लेख छ ।
पर्साको ठोरीसँग भारतीय नाका जोडिएको छ, यद्यपि यो नियमित सञ्चालनमा छैन । यो क्षेत्र माडी नगरपालिकामा पार्ने भनिए पनि त्यसो हुन नसक्दा सिङ्गो प्रदेश भारतीय नाकासँग जोडिएको छैन । सो क्रममा माडी पार्टी समितिले यस क्षेत्रलाई पूर्ण सिञ्चित स्थानीय तह घोषणा गर्न, रामायण महाभारत सर्किट निर्माण गर्नेलगायतका १० बुँदे ध्यानाकर्षणपत्र बुझाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सबै कुरा सरकारको नियन्त्रणबाट मात्र सम्भव छैन, हुलाकमा निजी क्षेत्रसँग सहकार्य गर्छौँ : सञ्चारमन्त्री
-
ट्रक व्यवसायीको पक्षमा सर्वोच्चको फैसला : रुट इजाजतमा दोहोरो व्यवस्था बदर
-
नेपालको जलवायु अनुकूलनका लागि अन्तर्राष्ट्रिय कोषबाट १ अर्ब ३३ करोड अनुदान स्वीकृत
-
अध्ययन समितिको निष्कर्ष : जेनजी आन्दोलनमा सुरक्षाकर्मीले आत्तिएर धेरै गोली चलाए
-
सांसदहरूलाई मन्त्री गौतमको आग्रह, ‘संसद्को गरिमा जोगाउन व्यवहार, भाषा र पोसाकमा विशेष ध्यान दिनू’
-
मेक्सिकोबाट इरानी टिमको भावुक बिदाइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण