अपराध
थापाथलीबाट २६ दिनको बच्चा चोरी
शुक्रबार, ११ फागुन २०८०, १७ : ४७
काठमाडौँ । काठमाडौँको थापाथलीबाट जन्मेको २६ दिन भएकी नवजात शिशु चोरी भएको छ । थापाथली स्थित प्रसूति तथा स्त्रीरोग अस्पतालको कम्पाउन्ड भित्रबाट बच्चा बालिका चोरी भएको हो ।
काभ्रेको चौरी देउराली गाउँपालिका–३ घर भएर कपन बस्ने २२ बर्सिया सविना श्रेष्ठले आफ्नो बच्चा चोरी भएको भन्दै प्रहरीमा सूचना दिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले जानकारी दिए । सूचनापछि जिल्ला प्रहरी परिसर काठमाडौँको टिमले खोजतलास सुरु गरेको छ ।
अपरिचित महिलाले ‘एकपछि म लिइदिन्छु’ भनेर छोरी लिएर फरार भएको पीडितले प्रहरीलाई बताएकी छन् । अनुसन्धान अधिकृतहरूका अनुसार बच्चा लैजाने आरोपीको हुलिया पहिचान भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घरदैलोमै एकीकृत सेवा पाउँदा स्थानीय खुसी
-
टर्कीको एक उड्डयन कम्पनीमा आक्रमण हुँदा कम्तीमा पाँच जनाको मृत्यु
-
जुम्लाबाट एक वर्षमा चार हजारले लिए नागरिकता
-
विदेशी मुद्राको विनिमय दर : आज कुनको मूल्य कति ?
-
कालीगण्डकी जलविद्युत् : लागत दुई खर्ब २४ अर्बभन्दा बढी
-
बिगो निर्धारण निर्देशिकामा व्यक्तिको सङ्लग्नताका आधारमा मात्रै आरोपीमाथि बिगो तोक्ने व्यवस्था गर्न सुझाव