कविता
समाचार
शनिबार, १२ फागुन २०८०, १४ : ०३

दुनियाँ भन्थे -
समाचार सुन्नु पर्छ
टिभी हेर्नुपर्छ
पत्रपत्रिका पढ्नुपर्छ
मैले हेरेँ -
युद्धका बाछिटा
मानवताको खाडल
दुर्घटना नै दुर्घटना
अपराधको महल
धूर्तहरूको रजाइँ
पीडितहरूको चीत्कार
म पनि उही सोचाइमा छु
विश्वका सम्भ्रान्तहरू
एलन मस्क झैँ
विल गेट्स झैँ
मार्क जुकरबर्ग झैँ
उनीहरू भन्थे-
समाचारमा आउन पैसा चाहिन्छ
बस् ! टन्न पैसा कमाउनुस्
समाचारका हरफमा अटाउनुस्
म विकर्षणमा डुब्न सक्दिन-
घमन्ड तथा अहमताको
मानवीय दरिद्रताको
न चिथोर्न सक्छु
कसैको व्यक्तित्व
मैले छोडेको छु-
समाचार सुन्न
टिभी हेर्न
अखबारहरू पढ्न
म भित्रको दम्भ हो कि !
बुझ्नेले बताउनुहोला
रासायनिक उथल पुथल हुन सक्छ
कहिले खुसीका उच्च डोपामाइनहरू
कहिले पीडाका झुर कार्डोसिलहरू
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय मुक्ति पार्टी र नेपाल जनमुक्ति पार्टीबिच कार्यगत एकता
-
वैशाख मसान्तसम्ममा सयौँ योजनामा एक अर्बभन्दा बढी बजेट रकमान्तर
-
‘अन्नपूर्ण आरोहणको हीरक महोत्सव’
-
विद्यालय शिक्षा विधेयकलाई टुङ्गोमा पुर्याउन गम्भीर छु : शिक्षामन्त्री
-
सारा र सिद्धान्तको ब्रेकअप !
-
गोनोरियाविरुद्ध विश्वकै पहिलो खोप लञ्च गर्दैछ बेलायत