मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

रैथाने कृषि उपजलाई बजारीकरण गर्न मर्स्याङ्दी गाउँपालिका र रैथाने एग्रोबिच सम्झौता

शनिबार, १९ फागुन २०८०, १८ : ५५
शनिबार, १९ फागुन २०८०

काठमाडौँ । ग्रामीण क्षेत्रमा उत्पादित रैथाने कृषि उपजलाई बजारीकरण गर्नका लागि लमजुङको मर्स्याङ्दी गाउँपालिका र रैथाने एग्रो प्रोडक्टसबिच सम्झौता भएको छ । गाउँपालिकामा उत्पादन हुने कालो बेसार, कगुनो, कोदो, भटमास, स्थानीय जातको कालो धान लगायत रैथाने कृषि उपजको बजारीकरण र प्रवर्द्धनका लागि ५ वर्षे सहकार्यको सम्झौता भएको हो । 

प्रोडक्टसले दरबारमार्ग, बुढानीलकण्ठ लगायत क्षेत्रमा रैथाने कृषि हाटबजार सञ्चालन गर्दै आएको छ । सोही क्षेत्रबाट मर्स्याङ्दी गाउँपालिकाको कृषि रैथाने उत्पादनलाई बजारीकरण र प्रवर्द्धनमा टेवा पुर्‍याउने रैथाने एग्रो प्रोडक्टसका अध्यक्ष तिलक ढकालले बताए । उनका अनुसार हाटबजारमा कृषि उपजहरू राख्नका लागि निःशुल्क स्टलको व्यवस्था छ । 

गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले रैथाने उत्पादनमा नीतिगत रूपमा नै लाग्ने बताएका छन् । उनले गाउँपालिकामा उत्पादन हुने रैथाने कृषि उत्पादनको बजारीकरणका लागि र उत्पादन वृद्धि गर्न जोड दिने बताए । शनिबारदेखि बिहान ६ बजेदेखि १२ बजेसम्म ग्राहकले बजार अवलोकन गर्दै आएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप