बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

‘किस्सा कुर्सीका’ ले चर्चित हिन्दी फिल्मलाई पनि जित्ने भयो : बाबुराम भट्टराई

सोमबार, २१ फागुन २०८०, १८ : ३७
सोमबार, २१ फागुन २०८०

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले नेपाली  ‘किस्सा कुर्सीका’ ले केही दशक पहिलेका चर्चित हिन्दी फिल्मलाई पनि जित्ने बताएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता समीकरण परिवर्तन गरेपछि सामाजिक सञ्जाल एक्समा लेख्दै उनले सत्ता लिप्साका लागि मञ्चन हुने  फोहरी खेलले जरा गाड्दै गरेको संघीय लोकतान्त्रिक गणतन्त्रलाई झन् कमजोर पार्ने बताएका हुन् ।

यस्तै उनले सत्ता गठबन्धन परिवर्तनले जनता र नयाँ युवा पुस्तामा वितृष्णा बढाउने र प्रतिगमनको आधार तयार पार्ने खतरा बढेको बताए ।

उनले भनेका छन्, ‘केही निरीह सांसदको पोको बोकेर एउटासँग गठबन्धन गर्दा ‘संविधान र लोकतन्त्रको रक्षानिम्ति’ भन्ने अनि केही महिनाभित्र अर्कोसँग घाँटी जोड्दा ‘ वामपन्थी/कम्युनिष्ट एकतानिम्ति’भन्ने ! यस्तो नांगो अवसरवादलाई जनयुद्धको गौरवशाली विरासतसँग जोडेर उल्टै ‘ठुलो उथलपुथल’ भन्ने ! विचारा सोझा कार्यकर्ता कर्तव्य विमूढ बनेर मनलागी नलागी ताली ठोक्ने१ यो प्रसिद्ध उपन्यास ‘एनिमल फार्म’ को नयाँ संस्करण नभए के हो ?’

अलिकति पनि अग्रगामी चेत र राजनीतिक मूल्यमान्यता बाँकी रहेकाहरूले अब अति भो भन्नुपर्ने उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप