हराउँदै भँगेराको'चिरबिर' (तस्बिर)
सारांश
- मानिससँगै बस्न रुचाउने भँगेरा चरा वातावरणीय असन्तुलन र आधुनिक जीवनशैलीका कारण संकटमा परेका छन्।
- आधुनिक कंक्रिटका घरहरूमा गुँड बनाउने ठाउँ नहुनु र सहरीकरणले प्राकृतिक आहारा पाउन मुस्किल हुनुले भँगेराको अस्तित्व जोखिममा परेको छ।
- बढ्दो सहरीकरण, प्रदूषण, रेडिएसन र विषादीको प्रयोगले भँगेराको संख्या घट्दै गएको छ।
हाम्रो घरको आँगन, झ्यालका खोपा र करेसाबारीमा ‘चिरबिर–चिरबिर’ गर्दै उफ्रने भँगेराहरू अचेल कमै देखिन थालेका छन्।
मानिससँगै मिलेर बस्न रुचाउने यो सानो र चञ्चल चरा अहिले वातावरणीय असन्तुलन र आधुनिक जीवनशैलीका कारण संकटमा छ।
विश्वमा पाइने ३२ प्रजातिका भँगेरामध्ये नेपालमा विशेषगरी घर भँगेरा र रूख भँगेरा पाइन्छन्। यी चराहरू जङ्गलमा भन्दा पनि मानवीय बस्ती, घरका छत र करेसाबारीमा बस्न बढी रुचाउँछन्। हाम्रो संस्कृति र जनजीवनसँग भँगेराको सम्बन्ध युगौँ पुरानो छ।
पहिलेका माटो र ढुङ्गाले बनेका घरहरूमा भँगेराका लागि गुँड बनाउन उपयुक्त प्वाल र टोड्काहरू हुन्थे। तर, अहिलेका आधुनिक कंक्रिटका घरहरूमा त्यस्ता ठाउँहरू हुँदैनन्। घर बनाउँदा ‘डेकोरेसन’ र फिनिसिङमा ध्यान दिइँदा भँगेराले आफ्नो बासस्थान गुमाउँदै गएका छन्। गुँड लगाउने ठाउँ नपाउँदा उनीहरूको वंशवृद्धिमा समेत असर परेको छ।
अहिले सहरका खुला चौर र बारीहरू घरले भरिएका छन्। जसका कारण उनीहरूले प्राकृतिक आहारा (किरा र अन्नका दाना) पाउन मुस्किल छ। अचेल यी चराहरू खानाको खोजीमा कार्यालयका क्यान्टिन वा बजारका खुला पसलहरू वरपर झुम्मिएको देख्न सकिन्छ। मानिसले फालेका जुठो वा अन्नका कणहरू नै अहिले उनीहरूको जीवन धान्ने आधार बनेका छन्।
बढ्दो सहरीकरण, वायु र ध्वनि प्रदूषण, मोबाइल टावरका रेडिएसन र खेतीपातीमा बढ्दो विषादीको प्रयोगले पनि भँगेराको अस्तित्व जोखिममा पारेको छ। यदि समयमै यिनको संरक्षणमा ध्यान नदिने हो भने हाम्रा भावी पुस्ताले भँगेरालाई तस्बिर र कथामा मात्र सीमित देख्नुपर्ने हुन सक्छ।
_YcEpZWweQO.jpg)
_gLHPbyuYs0.jpg)
_b3UlaG8DhC.jpg)
_5V0uBLgwls.jpg)
_DoFA1tSTW3.jpg)
_p8AHzaTRI5.jpg)
_Xk82rsGqt7.jpg)
_Sj4A7Bw6Nx.jpg)
_RUkRwK8x6U.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तर्राष्ट्रिय कराते पदक विजेता दिया र दीक्षालाई एक्सटेप नेपालको सम्मान
-
तीन बुँदे सहमतिले नेकपालाई सरकार बनाउन सहज, एमालेलाई असहज !
-
परीक्षा सुरु भएको ६ मिनेटमै त्रिवि एमबीएसको प्रश्नपत्र बाहिरियो
-
डा. गाेविन्द केसी र सरकारी टोलीबिच आइतबार वार्ता हुने
-
कांग्रेसको बाटो : अतीतमुखी राजतन्त्र कि भविष्यमुखी गणतन्त्र ?
-
काेशीमा एमालेबाटै मुख्यमन्त्री बन्ने निश्चित, हिक्मत कार्कीको निरन्तरता कि राजीनामा ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण