आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

स्टेज कार्यक्रममा एलिनाको साउन्ड टेक्निसियनसँग भनाभन

सोमबार, २१ फागुन २०८०, २२ : ३१
सोमबार, २१ फागुन २०८०

काठमाडौँ । यतिबेला गायिका एलिना चौहानको स्टेज प्रस्तुतिको एक भिडियो भाइरल छ । भिडियोमा एलिना र साउन्ड टेक्निसियनबीच विवाद देख्न सकिन्छ । 

भिडियोमा एलिनाले साउन्ड सिष्टम मिलाउनुस् भनेकी छन्, भने टेक्निसियनलले एलिनालाई आफ्नो भोकललाई क्लीयर गरेर हामीसँग लेबल माग्नु भनेका छन् ।

भिडियो पर्वतमा जारी तेस्रो ऐतिहासिक मगर राष्ट्रिय महोत्सवको हो । जसमा प्रस्तुति दिन आइतबार साँझ एलिना पुगेकी थिइन् । जहाँ पहिले देखिनै पानी परिहरेको थियो । सुरुबाटै कार्यक्रमको साउन्ड सिस्टम खराब देखिएको थियो । पानी परेको कारण मोनिटर समेत राखिएको थिएन । जसले एलिनालाई गाउन सकस परेको थियो । त्यसका बावजुत पनि एलिनाले दर्शकलाई रिझाउन हर प्रयास गरिन् ।

उनले जति नै गीत गाएपनि दर्शकबाट वान्समोरको हुटिङ भैरहन्थ्यो । ‘साउन्ड सिस्टम मिलाउनुस्, म जति पनि गाइहाल्छु । पानी परेर पनि साउन्ड बिग्रिएको होला,’ एलिनाले भनिन् ।

एलिनाले आफ्नो कुरा राख्न नपाउदै साउन्ड टेक्निसियनले उल्टै एलिनालाई नै दोष देखाए । त्यसपछि एलिनाले बोल्ने ढंग सुधार्नु भन्दै भनिन्, ‘यहाँ उभिएर एकचोटि हेर्नु त ।’

भिडियोमा एलिना र टेक्निसियनको केही समय दोहोरो जवाफ भएको देख्न सकिन्छ । अन्तममा टेक्निसियनलाई लाज लाग्दैन भन्दै एलिनाले हपारेकी छन् ।

त्यसपछि एलिनाले आयोजकसँग कुरा गरेर प्रस्तुति बन्द गरेको बताइन्छ । भिडियोमा दर्शकले साउन्डको गल्ती भन्दै  टेक्निसियनलाई गाली गरेको समेत देख्न सकिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप