‘रावायण’मा यशको पारिश्रमिक १ सय ५० करोड

मुम्बई । कन्नड सुपरस्टार यश ‘केजीएफ’ सिरिजको बम्पर सफलतापछि कन्नड फिल्म उद्योगको टप स्टार बनिसकेका छन् । दक्षिणदेखि उत्तरसम्म यशको लोकप्रियता बढिरहेको छ । अब उनी चाँडै रणवीर कपूरको फिल्म ‘रामायण’मा देखिँदै छन् । फिल्ममा उनी रावणको भूमिकामा देखिँदै छन् । हालसम्म आधिकारिक रूपमा उनको चरित्रको घोषणा नगरिए पनि उनी फिल्ममा अनुबन्धित भइसकेका छन् ।
यो फिल्मका लागि उनले आफ्नो पारिश्रमिक पनि बढाएका छन् । फिल्मका लागि उनले आफूले लिँदै आएको पारिश्रमिकमा अधिकतम प्रतिशत बढाएका हुन् । फिल्म ‘रामायण’का लागि उनले १ सय ५० करोड पारिश्रमिक लिएका छन् । तीन भागमा निर्माण हुने फिल्मलाई उनले प्रति फिल्म ५० करोड पारिश्रमिक लिएका हुन् । यो पारिश्रमिक उनको पछिल्लो ब्लकबस्टर फिल्म ‘केजीएफ’ सिरिज भन्दा पनि बढी हो । उनले ‘केजीएफ’का लागि ३० करोड पारिश्रमिक लिएका थिए ।
उता फिल्ममा राम चरित्रमा देखिन लागेका अभिनेता रणवीर कपूरले फिल्मका लागि ७५ करोड पारिश्रमिक लिएका छन् । तर यो पारिश्रमिक तीन भागका लागि हो या एक फिल्मका लागि हो भन्ने निश्चित भइसकेको छैन ।
रणवीर कपूर र साईं पल्लवीको अभिनय रहने यो फिल्म करिब ५ सय करोड रुपैयाँमा निर्माण हुँदै छ । फिल्ममा रणवीर श्रीराम र साई पल्लवी सीताको भूमिकामा देखिनेछन् । यश भने रावण बन्नेछन् ।
फिल्ममा अभिनेता सनी देओल हनुमान चरित्रमा, लारा दत्त कैकयी, रकुल प्रित सिंह शूपर्णखाँ चरित्रमा देखिनेछन् । यो फिल्मको छायाङ्कन यसै वर्षको गर्मी महिनाबाट सुरु हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
...अनि सरकारी वकिललाई न्यायाधीशले सोधे – मिश्र तीनकुनेबाट बन्दुक खोस्न गएका थिए कि ढुङ्गा हान्न ?
-
राष्ट्रियसभाका अध्यक्ष दाहालसँग चीनको एनपीसी उपाध्यक्षको भेटवार्ता
-
हावाहुरीका कारण उडान प्रभावित, ८ विमान ‘डाइभर्ट’
-
‘के घर के डेरा : घर नं २’ को ओपनिङ व्यवसाय कस्तो ?
-
सङ्घीय निजामती सेवा विधेयकमा मागहरू नसमेटिएपछि नेपाल निजामती कर्मचारी युनियनको आपत्ति
-
आँप टिप्न जाँदा रूखको हाँगाे भाँचिएर बालिकाको मृत्यु