७ महिनामा १५ करोडको बन्दागोभी निर्यात
काठमाडौँ । नेपालबाट ७ महिनाको अवधिमा १५ करोड १५ लाख रुपैयाँभन्दा बढीको बन्दागोभी निर्यात भएको छ । चालू आर्थिक वर्ष २०८०/८१ को साउनदेखि माघ महिनासम्मको अवधिमा १५ करोड १५ लाख रुपैयाँभन्दा बढीको ९७ लाख ५५ हजार किलोग्राम बन्दागोभी निर्यात भएको हो ।
नेपालबाट निर्यात हुने सबै बन्दागोभी (सेतो र रातो) भारतमा जाने गर्छ । यस्तै, १५ लाख रुपैयाँ बराबरको सलगम, मुला लगायतका तरकारी निर्यात भएको छ । यस अवधिमा झण्डै ११ लाख रुपैयाँ बराबरको केराउ, सिमि, बोडी लगायतका गेडागुडी समेत निर्यात भएको तथ्यांकमा उल्लेख छ ।
यस्तै, ९६ लाख ८० हजार रुपैयाँको कुरिलो निर्यात भएको छ भने ६ लाख रुपैयाँ बराबरको च्याउ निर्यात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार अन्य प्रकारका तरकारी निर्यातबाट १६ लाख रुपैयाँ भित्रिएको छ । १ लाख ८० हजार रुपैयाँको फर्सि निर्यात हुँदा ९३ लाख ६६ हजारको गोलभेडा निर्यात भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घरदैलोमै एकीकृत सेवा पाउँदा स्थानीय खुसी
-
टर्कीको एक उड्डयन कम्पनीमा आक्रमण हुँदा कम्तीमा पाँच जनाको मृत्यु
-
जुम्लाबाट एक वर्षमा चार हजारले लिए नागरिकता
-
विदेशी मुद्राको विनिमय दर : आज कुनको मूल्य कति ?
-
कालीगण्डकी जलविद्युत् : लागत दुई खर्ब २४ अर्बभन्दा बढी
-
बिगो निर्धारण निर्देशिकामा व्यक्तिको सङ्लग्नताका आधारमा मात्रै आरोपीमाथि बिगो तोक्ने व्यवस्था गर्न सुझाव